न्यायाधीश खतिवडा सेवानिवृत्त « Khabarhub

न्यायाधीश खतिवडा सेवानिवृत्त


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा आजदेखि सेवा निवृत्त भएका छन्। सर्वोच्च अदालतका न्यायाधीशको ६५ वर्षे उमेरहदका कारण उहाँले सेवाबाट अनिवार्य अवकास लिएका हुन्।

न्यायाधीश खतिवडालाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा अन्य न्यायाधीशहरुले आज बिदाइ गरे । न्यायाधीश खतिवडा २०३९ चैत ७ गते न्याय सेवामा प्रवेश गरेका थिए । सरकारी वकिल समूहबाट न्यायाधीश बनेका उनी २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।

सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशका रुपमा खतिवडाले २०८० साउन २१ गतेदेखि काम सुरु गरेका थिए । उनीले वरिष्ठतम् न्यायाधीशको हैसियतमा न्याय परिषद् सदस्यको जिम्मेवारी समेत निर्वाह गरेका थिए।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  ८ : ५२ बजे

उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम

स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपुर– नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बाढीबाट बचेका सामान निकाल्दै स्याउली बजारका बासिन्दा (तस्बिरहरू)

काठमाडौं– त्रिपुरासुन्दरी गाउँपालिका–२, स्याउली बजारका बासिन्दा बाढीबाट जोगाउन सफल भएका

चुम उपत्यका पुगेका पर्यटक अलपत्र

गोरखा– भ्रमणका क्रममा चुम उपत्यका पुगेका पर्यटकहरू अलपत्र परेका छन्