सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने गृहकार्यमा आयोग | Khabarhub Khabarhub

सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने गृहकार्यमा आयोग


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

दोलखा– राष्ट्रिय भूमी आयोग दोलखाले अव्यवस्थित तथा जग्गाविहीन सुकुमवासीहरूलाई जग्गा उपलब्ध गराउने तयारी थालेको छ । आयोगले जिल्लाका चार वटा स्थानीय तहको लागत संकलन कार्य सम्पन्न गरिसकेको छ भने,दुई वटा स्थानीय तहमा लालपुर्जा वितरणका लागि निस्सा समेत वितरण गरिएको जनाएको छ ।

आयोगका अनुसार भीमेश्वर नगरपालिका र गौरीशंकर गाउँपालिका जग्गाविहीन सुकुमवासीलाई लालपूर्जा वितरण गर्नका लागि निस्सा वितरण गरिएको हो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति दोलखाले गौरीशंकर गाउँपालिकाकामा ६९ जना सुकुमवासीको पहिचानगरी निस्सा वितरण गरेको जनाएको छ ।

यस्तै, भीमेश्वर नगरपालिकामा २७ जनालाई लालपुर्जाको निस्सा वितरण गरेको राष्ट्रिय भूमि आयोग जिल्ला समिति दोलखाका अध्यक्ष ललितबहादुर मगरले जानकारी दिए । त्यसैगरी समितिले जिल्लाको बैतेश्वर गाउँपालिका र मेलुङ गाउँपालिकामा पनि लालपुर्जाको निस्सा वितरण गर्नको लागि छलफल सुरु गरेको छ । समितिले बुधबार बैतेश्वर गाउँपालिकासँग स्थानीय भूमिहीन सुकुमवासीलाई निस्सा वितरण गर्ने सम्बन्धमा छलफल गरेको थियो ।

बैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेती, निमित्त कार्यालय प्रमुख रबिन्द्र चौलागाईं,नापी कार्यालय दोलखाका प्रमुख सिर्जना कटुवालको उपस्थितिमा निस्सा वितरण गर्ने सम्बन्धमा छलफल भएको हो ।

बैतेश्वर गाउँपालिकामा १६ जना जग्गाविहीन सुकुमवासी रहेकोे पाइएको छ ।वैतेश्वरको वडा नम्बर–१ मा एक जना,वडानम्बर(३ मा पाँच जना,वडा नम्बर-६ मा नौ जना र वडा नम्बर-७ मा एक जना गरी १६ जना भूमिहिन सुकुम्बासीको पहिचानगरि निस्सा वितरण गर्ने तयारी थालिएको वैतेश्वर गाउँपालिकाका सूचना अधिकारी रोशन कुमार गिरीले बताए।

त्यस्तै, मेलुङ गाउँपालिकामा तीन जना सुकुमवासीको पहिचान भएको छ। भूमि आयोग दोलखाले बाँकी रहेका पाँच वटा पालिकामा पनि लागत संकलनको काम अन्तिम चरणमा पु-याएको जनाएको छ ।

आयोगले नेपाल सरकारको स्वामित्वमा रहेको सार्वजनिकबाहेकको लामो समयदेखि बाँझो रहेको सार्वजनिकबाहेकको एक सय ३० वर्गमिटरदेखि एक हजार वर्गमिटरसम्म जग्गा प्रतिव्यक्ति सुकुमवासीलाई उपलब्ध गराउने छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  ८ : ५९ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले