सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने गृहकार्यमा आयोग « Khabarhub

सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने गृहकार्यमा आयोग


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

दोलखा– राष्ट्रिय भूमी आयोग दोलखाले अव्यवस्थित तथा जग्गाविहीन सुकुमवासीहरूलाई जग्गा उपलब्ध गराउने तयारी थालेको छ । आयोगले जिल्लाका चार वटा स्थानीय तहको लागत संकलन कार्य सम्पन्न गरिसकेको छ भने,दुई वटा स्थानीय तहमा लालपुर्जा वितरणका लागि निस्सा समेत वितरण गरिएको जनाएको छ ।

आयोगका अनुसार भीमेश्वर नगरपालिका र गौरीशंकर गाउँपालिका जग्गाविहीन सुकुमवासीलाई लालपूर्जा वितरण गर्नका लागि निस्सा वितरण गरिएको हो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति दोलखाले गौरीशंकर गाउँपालिकाकामा ६९ जना सुकुमवासीको पहिचानगरी निस्सा वितरण गरेको जनाएको छ ।

यस्तै, भीमेश्वर नगरपालिकामा २७ जनालाई लालपुर्जाको निस्सा वितरण गरेको राष्ट्रिय भूमि आयोग जिल्ला समिति दोलखाका अध्यक्ष ललितबहादुर मगरले जानकारी दिए । त्यसैगरी समितिले जिल्लाको बैतेश्वर गाउँपालिका र मेलुङ गाउँपालिकामा पनि लालपुर्जाको निस्सा वितरण गर्नको लागि छलफल सुरु गरेको छ । समितिले बुधबार बैतेश्वर गाउँपालिकासँग स्थानीय भूमिहीन सुकुमवासीलाई निस्सा वितरण गर्ने सम्बन्धमा छलफल गरेको थियो ।

बैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेती, निमित्त कार्यालय प्रमुख रबिन्द्र चौलागाईं,नापी कार्यालय दोलखाका प्रमुख सिर्जना कटुवालको उपस्थितिमा निस्सा वितरण गर्ने सम्बन्धमा छलफल भएको हो ।

बैतेश्वर गाउँपालिकामा १६ जना जग्गाविहीन सुकुमवासी रहेकोे पाइएको छ ।वैतेश्वरको वडा नम्बर–१ मा एक जना,वडानम्बर(३ मा पाँच जना,वडा नम्बर-६ मा नौ जना र वडा नम्बर-७ मा एक जना गरी १६ जना भूमिहिन सुकुम्बासीको पहिचानगरि निस्सा वितरण गर्ने तयारी थालिएको वैतेश्वर गाउँपालिकाका सूचना अधिकारी रोशन कुमार गिरीले बताए।

त्यस्तै, मेलुङ गाउँपालिकामा तीन जना सुकुमवासीको पहिचान भएको छ। भूमि आयोग दोलखाले बाँकी रहेका पाँच वटा पालिकामा पनि लागत संकलनको काम अन्तिम चरणमा पु-याएको जनाएको छ ।

आयोगले नेपाल सरकारको स्वामित्वमा रहेको सार्वजनिकबाहेकको लामो समयदेखि बाँझो रहेको सार्वजनिकबाहेकको एक सय ३० वर्गमिटरदेखि एक हजार वर्गमिटरसम्म जग्गा प्रतिव्यक्ति सुकुमवासीलाई उपलब्ध गराउने छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  ८ : ५९ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ भने दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित