आज २०८० साल चैत २५ गते आइबारको राशिफल « Khabarhub

आज २०८० साल चैत २५ गते आइबारको राशिफल


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल चैत २५ गते आइतबार तदनुसार सन् २०२४ अप्रिल ७ तारिख। चैत कृष्ण पक्षको त्रयोदशी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : राम्रो कामको थालनी गर्नुपर्ने दिन छ। यात्राको अवसर मिल्नेछ। मन मिल्ने साथीको सुझाव महत्त्वपूर्ण हुनसक्छ। लगानीको क्षेत्रबाट फाइदा हुनेछ। खेलमा भए अवार्ड र सामाजिक काम भए सम्मान मिल्नेछ।

वृष : परोपकारमा मन जानेछ। मन्दिर भ्रमणले मन शान्त हुनेछ। सञ्चित धन खर्च हुनेछ। आफूभन्दा ठुलाको साथ रहने योग छ। परिवारको माया प्राप्त हुनेछ।

मिथुन : शेयर बजारमा फाइदा हुनेछ। आकस्मिक लाभको योग छ। मनोरञ्जनका साथ दिन बित्नेछ। थोरै श्रमबाट राम्रो आम्दानी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : टुटेको सम्बन्ध पुर्नस्थापित हुनेछ। राम्रो कामबाट खुट्टा तान्ने सक्रिय छन्। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ। सहयोग भन्दा आश्वासन बढी सुन्नुपर्ने छ।

सिंह : गोप्य ढंगले गरेको काम सफल बन्नेछ। हल्ला गर्ने तर काम नगर्ने शान्त हुनेछन्। लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा लाभ हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : आफन्तसँग रमाइलो भेट हुनेछ। राम्रो कामको थालनी गर्दा फाइदा हुनेछ। मनमा उत्साह बढ्नेछ। डर, त्रास र भयबाट मुक्त भएर ठुलो कामको थालनी गर्नुपर्ने दिन हो। परिवारमा नयाँ सदस्य थपिने देखिन्छ।

तुला : लामो समय रोकिएको काम बन्नेछ। भाग्यको उदय हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। खानपानमा सचेत हुनुपर्ने देखिन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : घरमा विवाद हुनसक्छ। घरमा भन्दा भन्दा बाहिर रमाउने बानीले परिवारमा खटपट हुनसक्छ। आम्दानी घट्ने हुँदा खर्चले तनाव दिनेछ। वैदेशिक रोजगारीको बाटो खुल्ने योग रहेको छ।

धनु : भाग्यले साथ दिनेछ। काम देखाएर मन जित्न सकिने छ। धन कमाउन भन्दा जोगाउने कुराको चिन्ता बढ्नेछ। साथीभाइसँगको यात्रा रमाइलो हुनेछ। परिवारको साथ र सहयोग रहनेछ।

मकर : रचनात्मक काममा फाइदा हुनेछ। तपाईंको बोलीको प्रशंसा हुनेछ। वैदेशिक क्षेत्रको लगानी सफल बन्नेछ।परिवारबाट प्राप्त हुने मायाले निरन्तरता पाउने देखिन्छ।

कुम्भ : परिवारसँग रमाउने दिन हो। सबै कुरा आफैंले गर्नुभन्दा परिवारलाई अगाडि सारेर नयाँ कामको थालनी गर्दा फाइदा हुनेछ। आफन्तसँगको भेटघाटले मन खुशी हुनेछ।

मीन : आफ्नो कारणले आम्दानी भन्दा खर्च बढ्नेछ। सामाजिक क्षेत्रमा आफन्तबाट अवहेला हुनेछ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ५ : १६ बजे

भाइरल म्यानद्वय रतन र मीनविरुद्ध साइबर व्यूरोमा जाहेरी

काठमाडौं- पछिल्लो समय विवादित अभिव्यक्ति दिएर भाइरल भइरहने युट्युबर रतन

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीलाकुमारी निर्विरोध

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध भएकी

पर्वतमा गहुँबालीको प्रजनन बीउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्ष देखि गहुँबालीको प्रजजन बीउका लागि गहुँखेती

अरनिको राजमार्ग : धुलिखेल–खावा सडकमा कालोपत्रे सुरु

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा आजदेखि कालोपत्रे गर्ने

शंकर अग्रवाल छुट्दा छोरा शुलभलाई थपियो ५ दिन म्याद

काठमाडौं- सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी शुलभ अग्रवाललाई हिरासतमा