इटालियन सिरी ए : इम्पोलीसँग टोरिनो स्तब्ध « Khabarhub

इटालियन सिरी ए : इम्पोलीसँग टोरिनो स्तब्ध


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  इटालियन सिरी ए फुटबलमा इम्पोलीले जित निकालेको छ । गएराति भएको खेलमा टोरिनोलाई ३–२ गोलले हराउँदै इम्पोली विजयी भएको हो ।

इम्पोलीका लागि निकोलो क्याम्बियाघी, म्याटेओ क्यान्सीलेरी, एमबाये नियाङले एक–एक गोल गरेका थिए । टोरिनोका डुभान जापाटाले दुई गोल गरेका थिए ।

इम्पोलीका निकोलोले खेलको छैटौँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ६०औँ मिनेटमा डुभानले गोल गर्दै टोरिनोलाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ७४औ मिनेटमा माट्टेओले गोल गर्दै इम्पोलीलाई २–१ गोलको अग्रता दिलए । यता टोरिनोका डुभानले इन्जुरी समयको पहिलो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

तर इन्जुरी समयको चौथो मिनेटमा नियाङको गोलसँगै इम्पोली ३–२ गोलले विजयी भयो ।

यो जितसँगै ३१ खेलबाट २८ अंक जोडेको इम्पोली १५औँ स्थानमा उक्लिएको छ । पराजित भएको टोरिनो ४४ अंकसहित नवौँ स्थानमा छ ।

 

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ६ : ४४ बजे

दोभान बजारमा आगलागी

ताप्लेजुङ- ताप्लेजुङको दोस्रो ठूलो बजारका रूपमा परिचित दोभानमा आगलागी भएको

ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छ : मन्त्री साह

 काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले एलपी ग्यासको अभाव, पेट्रोलियम

खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

काठमाडौं–  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘खाद्य स्वच्छता तथा गुणस्तर

औद्योगिक रोबोट जडानमा चीनको हिस्सा ५९ प्रतिशत

बर्लिन– विश्वभर जडान हुने औद्योगिक रोबोटमध्ये चीनको हिस्सा ५९ प्रतिशत

कर्णाली याक्सलाई पल्मबर पाइपको साथ

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले