फ्रेन्डसिप कप : गुजरातसँग फाइनल खेल्दै नेपाल « Khabarhub

फ्रेन्डसिप कप : गुजरातसँग फाइनल खेल्दै नेपाल


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगितामा आज नेपालले फाइनल खेल्दैछ।

गुजरातको वापीस्थित साइ मेघपान स्पोर्टस् लाइफ मैदानमा आइतबार दिउँसो १ः१५ बजे नेपालले गुजरातविरुद्ध फाइनल प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि भएका दुई प्रतिस्पर्धामा गुजरात नेपालसँग पराजित भएको टिम हो ।

लगातार तीन खेल जितेर एक खेल अगाडि फाइनल पुगेको नेपाल बरोडासँग शुक्रबार ३७ रनले पराजित भएको थियो।

एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक गुजरात क्रिकेट सङ्घलाई आठ विकेटले सजिलै पराजित गरेको थियो। अघिल्लो आइतबार भएको खेलमा जितको लागि ९९ रनको सहज लक्ष्य पछ्याएको नेपालले १५.१ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो।

मङ्गलबार भएको दोस्रो खेलमा नेपालले बरोडालाई २७ रनले हरायो। जितका लागि एक सय ५७ रनको लक्ष्य पछ्याएको बरोडा निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय २९ रनमा समेटिएको थियो।

त्रिकोणात्मक सिरिज अन्तर्गत बुधबार भएको तेस्रो खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित गरेको हो। सुरुमा ब्याटिङ गरेको नेपालले गुजरातलाई ७ विकेटको क्षतिमा १८२ रनको चुनौती दिएको थियो। गुजरात पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १७३ रन मात्र बनाएको थियो।

नेपालको भारत भ्रमणलाई आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकपको तयारीका रुपमा लिइएको छ। विश्वकपमा नेपाल समूह ‘डी’मा छ। विश्वकपमा नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन्।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ६ : ५५ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक