अन्तर प्रदेश राष्ट्रिय खेलकुद आजदेखि « Khabarhub

अन्तर प्रदेश राष्ट्रिय खेलकुद आजदेखि


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको संयुक्त आयोजनामा हुने प्रतियोगिताको चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कराते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी ९ विधामा प्रतिस्पर्धा हुनेछ ।

पुरुष फुटबल बाहेक सबै खेल चितवनमा हुनेछ । पुरुष फुटबल भने हेटौँडास्थित गौरीटार रङ्गशालामा हुनेछ ।

प्रतियोगितामा १ सय ३६ स्वर्ण, १ सय ३६ रजत र १ सय ८४ कांस्यका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा सातै प्रदेशका १ हजार ५ सय ४७ खेलाडी सहभागी हुने बताइएको छ । प्रतियोगिताको समापन बैशाख १ गते हेटौँडाको गौरीटार रङ्गशालामा हुनेछ ।

 

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ७ : ३४ बजे

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार

आईपीएल: अन्तिम बलमा कोलकाता पराजित, लखनउको रोमाञ्चक जित

कोलकाता– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १५औँ खेलमा लखनऊ

बिस्काः नौ दिन आठ रातको जात्रा

भादगाउँ– भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा