मेटल उद्योग आगलागीमा मृत्यु भएकाको परिचय खुल्यो | Khabarhub Khabarhub

मेटल उद्योग आगलागीमा मृत्यु भएकाको परिचय खुल्यो


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुरको हात्तीवनस्थित सोफा बनाउने सिक्मा मेटल इन्टेक्समा भएको आगलागीमा मृत्यु भएकाको परिचय खुलेको छ ।

हिजो भएको आगलागीमा काभ्रेपलाञ्चोक पाँचखालका राजु ठकुरी भनिने भोजबहादुर पहरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

मृतकका परिवारले उनको शव पहिचान गरेका हुन् । पहरी सोही कारखानामा काम गर्दै आएका थिए ।

आगलागीबाट १० लाख रुपैयाँ बढीको क्षति भएको प्रहरी प्रवक्ता सुवेदीले बताए । विद्युत् सर्ट भएर आगलागी भएको बताइएको छ । आगलागीबाट सोफा तथा तिनलाई बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट भएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  १० : ०५ बजे

संसद्को अधिवेशनबाट शिक्षा ऐन जारी गर्नेगरी काम अगाडि बढेको छ : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले शिक्षा ऐन अहिलेकै संसद्को

भ्रष्ट नेताको बिदाइ गर्न राजसंस्था चाहिएको छ : धवलशमशेर

   बर्दिया– राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिका

बागमतीका किसानलाई ब्याज अनुदानमा ऋण उपलब्ध

हेटौँडा– बागमती प्रदेश सरकारले किसानलाई ब्याज अनुदानमा ऋण उपलब्ध गराउने

सरकारको नालायकीले निरंकुशतन्त्र टाउको उठाउन खोज्दैछ : वर्षमान

बुटवल– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सत्तारुढ काँग्रेस

सर्वोच्चद्वारा वीरगञ्जको मुख्य सडक विस्तार विरुद्धको रिट खारेज

वीरगञ्ज– सर्वोच्च अदालतले लामो समयदेखि अदालतमा विचाराधीन रहेको वीरगञ्जको मुख्य