मटिहानीका दुई हजार गृहिणीलाई ग्यासचुल्हो | Khabarhub Khabarhub

मटिहानीका दुई हजार गृहिणीलाई ग्यासचुल्हो


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– सधैँ गुइँठाको धुवाँमा रुमल्लिएर बर्बरी आँसु झार्दै खाना पकाउनुपर्ने महोत्तरीको मटिहानीका गृहिणीले राहत पाएका छन् ।

मटिहानी नगर क्षेत्रका दुई हजार गृहिणीले ग्यासचुल्हो (ग्यास सिलिण्डरचुल्होसमेत) र त्यो बाल्ने सीप सिकेपछि राहतको अनुभूति गरेका हुन् ।

मटिहानी नगरक्षेत्रका विपन्न दुई हजार गृहिणीलाई शनिबार भारत सरकारको साना विकास परियोजनाको सहयोगमा सुशीला ठाकुर मेमोरियल हेल्थ फाउण्डेसन जनकपुरधामले निःशुल्क चुल्हो वितरण गरेको हो ।

मटिहानीका अतिविपन्न परिवारलाई ग्यास चुल्हो सो क्षेत्र (महोत्तरी–३) कै प्रतिनिधिसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले हस्तान्तरण गरे ।

कार्यक्रम आयोजक सुशीला ठाकुर मेमोरियल हेल्थ फाउण्डेसन महन्थ ठाकुरकी स्वर्गीय धर्मपत्नीका नाममा स्थापित संस्था हो । कार्यक्रममा फाउण्डेसनकी अध्यक्ष डा. मीनाक्षी ठाकुरले आमाका नाममा स्थापित संस्था विपन्न परिवारको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरिन् ।

ग्यासचुल्हो वितरण कार्यक्रममा सांसद ठाकुरले भारत सरकारको उदात्त सहयोगले विपन्न परिवारलाई सहयोग पुगेको बताए ।

उनले नेपाल–भारत पारिवारिक, सांस्कृतिक र धार्मिक सम्बन्धका मात्र नभइ सुखदुःखका सबैभन्दा नजिकका साथी रहेको बताए ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  १० : ५३ बजे

देशका केही भागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोर्टोलाई च्याम्पियन्स लिग दिलाउने जर्ज कोस्टाको निधन

काठमाडौं– एएफसी पोर्टोलाई च्याम्पियन्स लिग उपाधि जिताउने कप्तान जर्ज कोस्टाको

गाजा कब्जा गर्ने नेतान्याहुको प्रस्ताव सैन्य अधिकारीबाट अस्वीकार

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सुरक्षा क्याबिनेटको बैठकमा गाजा पुनः

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन २१ गते बुधबार। साउन

आज २०८२ साल साउन २१ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २१ गते बुधबार। साउन