गर्मीमा छाला कसरी जोगाउने ?  « Khabarhub

गर्मीमा छाला कसरी जोगाउने ? 


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिसो मौसम सकिएर बिस्तारै गर्मी सुरु भएको छ। यो मौसममा हाम्रो छालामा विभिन्न समस्या देखिन्छन्। छालालाई सधैँ एकै खालको मौसम चाहिन्छ। बाहिरको मौसम परिवर्तन होस् भन्ने छालाले चाहँदैन । तर जब मौसम परिवर्तन हुन्छ अनि छालको थिंकनेस र हाइड्रेसन लगायत छालाको बाहिरी भागमा विभिन्न खालका असर भइरहेका हुन्छन् । नयाँ आउने मौसम अनुसार छालाले आफूलाई तयार गरिसकेको हुँदैन। अर्को कुरा मौसम परिवर्तनसँगै हाम्रो खानपान र जीवनशैली पनि परिवर्तन हुन्छ । त्यसको प्रत्यक्ष असर छालामा पर्ने चिकित्सक बताउँछन्। गर्मी मौसममा छालामा विभिन्न समस्या देखिने गर्छन्।

गर्मी मौसममा धेरै पसिना आउँछ। यसरी पसिना अत्यधिक आउने हुँदा कीटाणुको सङ्क्रमण हुन्छ र रिङ दाग आउँछ। यसका साथै, खैरो दुवी, रौँको जरा पाक्ने, पिलो लगायतका समस्या हुन्छन् ।

गर्मीमा आफ्नो छाला यसरी जोगाउनु होस् 

–  बाहिरबाट घर आएपछि फेसवास वा क्लिन्जिङ गर्ने ।

–  नुहाएपछि नरिवलको तेल लगाउने  ।

–  अनुहार धोएपछि मोस्चराइजर लगाउने ।

–  हावाहुरी चल्ने मौसममा छाला सुक्खा हुन नदिने । छाला जोगाउन शरीर ढाकेर घरबाहिर निस्कने । नियमित मोस्चराइजर लगाउने । जेल बेस मोस्चराइजर अर्थात् सन ब्लक प्रयोग गर्ने  ।

–  सुक्खा छाला छ भने क्रिम बेसमा मोस्चराइजर प्रयोग गर्ने  ।

–  गर्मी मौसममा धेरै तातोपानीले ननुहाउने । मनतातो पानी प्रयोग गर्ने  ।

–  छालामा समस्या देखिए छाला रोग विशेषज्ञसँग परामर्श लिने  ।

–  राति सुत्ने वेला मुख धोएर सधैँ मोस्चराइजर लगाउने  ।

–  मानसिक र शारीरिक रूपमा सन्तुष्ट र खुसी रहने । नियमित व्यायाम गर्ने । व्यायामले पसिनामार्फत शरीरका विकारबाहिर निकाल्छ । शरीर ऊर्जाशील र अनुहार सफा बनाउँछ ।

–  खानपानमा विशेष ध्यान दिने । माैसमी फलफूल खाने ।

– पर्याप्त पानी पिउने ।

– प्रयाप्त मात्रामा निदाउने ।

यो पनि…

मौसम परिवर्तनसँगै छालामा देखिने समस्या र बच्ने उपाय

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  १२ : ३९ बजे

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई

एसियाली पारा खेलकुदमा पहिलोपटक नेपाली ह्विलचियर टेनिस खेलाडी

काठमाडौं । ह्विलचियर टेनिस खेलाडी रामबहादुर तामाङले वाइल्ड कार्डमार्फत पाँचौँ

कप्तानगञ्ज घटनामा गोली लागेका मेहताको शव परीक्षणका लागि परिवार तयार

काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित