मौसम परिवर्तनसँगै छालामा देखिने समस्या र बच्ने उपाय | Khabarhub Khabarhub

मौसम परिवर्तनसँगै छालामा देखिने समस्या र बच्ने उपाय


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चिसो मौसम सकिएर विस्तारै गर्मी सुरु भएको छ। यो मौसममा हाम्रो छालामा विभिन्न समस्या देखिन्छन्। छालालाई सधैँ एकै खालको मौसम चाहिन्छ। बाहिरको मौसम परिवर्तन होस् भन्ने छालाले चाहँदैन। तर जब मौसम परिवर्तन हुन्छ अनि छालको थिंकनेस र हाइड्रेसन लगायत छालाको बाहिरी भागमा विभिन्न खालका असर भइरहेका हुन्छन्। नयाँ आउने मौसम अनुसार छालाले आफूलाई तयार गरिसकेको हुँदैन। अर्को कुरा मौसम परिवर्तनसँगै हाम्रो खानपान र जीवनशैली पनि परिवर्तन हुन्छ। त्यसको प्रत्यक्ष असर छालामा पर्ने चिकित्सक बताउँछन्। गर्मी मौसममा छालामा विभिन्न समस्या देखिने गर्छन्। गर्मीमा छालामा कस्ता समस्या देखिन्छन् ? समस्याको समाधान र उपचार के हो ? यी र यस्तै विषयमा छालारोग विशेषज्ञ डा. ऋषभदेव त्रिपाठीसँगको कुराकानीका आधारमा तयार सामग्रीः

अनुहारमा विभिन्न खालका फोका देखिने पनि गर्मी मौसममै हो। गर्मीमा छालामा चिल्लो पदार्थको मात्रा बढी निस्कन्छ। त्यसैले यस्तो अवस्थामा पोतो, एलर्जी र डन्डीफोर आउँछ।

रिङ दाग
गर्मी मौसममा धेरै पसिना आउँछ। गर्मीमा पसिना अत्याधिक आउने हुँदा किटाणुको संक्रमण हुन्छ र रिङ दाग आउँछ। यसका साथै, खैरो दुवी, रौँको जरा पाक्ने, पिलो लगायतका समस्या हुन्छ।

पोतो र डण्डीफोर
अनुहारमा विभिन्न खालका फोका देखिने पनि गर्मी मौसममै हो। गर्मीमा छालामा चिल्लो पदार्थको मात्रा बढी निस्कन्छ। त्यसैले यस्तो अवस्थामा पोतो, एलर्जी र डन्डीफोर आउँछ।

घमौराको समस्या
गर्मी मौसममा देखिने स्वास्थ्य समस्यामध्ये घमौरा एउटा हो। यो एउटा जटिल समस्या हो। यो पनि धेरै किसिमको हुन्छ। एउटा मसिनो रातो किसिमको हुन्छ। अर्को रातो पाक्ने खालको घमौरा पनि हुन्छ। यसले मानिसलाई ठुलो पीडा दिने गर्दछ।

छाला चिलाउने
गर्मीमा पसिनामार्फत धेरै पानी बग्ने र शरीरमा पानीको मात्रा कम हुन्छ। जसले छाला सुख्खा भएर अत्याधिक चिलाउने गर्छ। यस्ता समस्याले गर्मी मौसममा छालामा जटिल समस्या निम्त्याउँछ।

छालाको समस्याबाट बच्ने प्रमुख उपाय त सरसफाइ नै हो। बाहिरबाट आउँदा सकेसम्म नुहाइहाल्ने जसबाट दाग, लुतो जस्ता इन्फेक्सनबाट बच्न सकिन्छ।

मौसम परिवर्तनसँगै छालामा देखिने समस्याबाट बच्न के गर्ने ?
छालाको समस्याबाट बच्ने प्रमुख उपाय त सरसफाइ नै हो। बाहिरबाट आउँदा सकेसम्म नुहाइहाल्ने जसबाट दाग, लुतो जस्ता इन्फेक्सनबाट बच्न सकिन्छ। छालालाई मुलायम बनाइराख्न मोइस्चराइजर क्रिम प्रभावकारी हुन्छ। यसले छाला फुट्ने, छाला पत्रपत्र भएर निस्किने र पोल्ने समस्या कम हुने गर्छ। यसको प्रयोगले छालामा पोषण प्राप्त हुन्छ, जसले गर्दा छाला नरम हुन्छ। यो क्रिमलाई अनुहारबाहेक घाँटी, हात तथा खुट्टामा समेत लगाउन सकिन्छ।

घरबाट बाहिर निस्कनुभन्दा १५-२० मिनेट अगाडि सनस्क्रिन क्रिम लगाउनुपर्छ। सनस्क्रिन अनुहारमा मात्रै नभएर कपडाले नढाक्ने सबै भागमा लगाउनुपर्छ। यो लगाउनुअघि मोइस्चराइजर क्रिम लगाउनुपर्छ।

सनस्क्रिन क्रिमले छालालाई घामको विकिरणबाट बचाउँछ। विकिरणबाट छालामा चायापोतो आउने, छाला कालो हुने समस्याबाट जोगाउँछ। सनस्क्रिन घरबाहिर हिँड्दा मात्र नभई घरभित्र बस्दा पनि लगाउनु राम्रो हुन्छ।

गर्मीमा पसिना आउनु त सामान्य नै हो। पसिनाको कारण हुने फंगल इन्फेक्सनबाट जोगाउन पाउडर लगाउन सकिन्छ। धेरै पसिना आउने ठाउँ काखी, घुँडामा पाउडर लगाउनुपर्छ। पाउडरले छालामा हुने विभिन्न संक्रमणबाट जोगाउँछ।

गर्मीमा पसिना आउनु त सामान्य नै हो। पसिनाको कारण हुने फंगल इन्फेक्सनबाट जोगाउन पाउडर लगाउन सकिन्छ। धेरै पसिना आउने ठाउँ काखी, घुँडामा पाउडर लगाउनुपर्छ। पाउडरले छालामा हुने विभिन्न संक्रमणबाट जोगाउँछ।

गर्मीमा धेरै पसिना आउने भएका कारण शरीरमा पानीको कमी हुनसक्छ। यसले गर्दा शरीरमा छाला सुख्खा हुने, एलर्जी र अनुहारमा दाग आउने समस्या आउनसक्छ। त्यसैले पानी धेरै पिउनुपर्छ। यसले शरीरमा भएको टक्सिन (शरीरभित्रको विषादी) बाहिर निकाल्छ, जसले गर्दा अनुहारमा चमक आउँछ।

छालाको लागि बाहिर क्रिम लगाएर मात्र होइन, शरीर स्वस्थ भएर पनि छाला स्वस्थ बनाउन सकिन्छ। जस्तै, भिटामिनयुक्त खानेकुरामा गोलभेंडा, कागती, अण्डा, दूध, दही, हरियो सागपात, एभोकाडो खानामा समावेश गर्नुपर्छ। साथै स्वस्थ डाइट, पर्याप्त निद्रा र योगा गरेमा छाला चम्किलो बनाउन सकिन्छ। त्यस्तै केही समस्या आइहाल्यो भने सम्बन्धित चिकित्सकलाई देखाउनु राम्रो मानिन्छ।

छालाको हेरचाहमा जनचेतनाको विकास 
आम मानिसमा छाला स्वास्थ्य र हेरचाहसम्बन्धी जनचेतना तुलनात्मक रुपमा बढ्दो छ। तर पर्याप्त छैन। गलत सूचना र सही जानकारीको अभावमा मानिस भड्किरहेका छन्। उनीहरु छालालाई सुन्दर बनाउन चाहन्छन् तर छाला विशेषज्ञसँग यो विषयमा कमै मात्र परामर्श गर्छन्। साथीभाइको अनावश्यक सरसल्लाह र आफूखुसी प्रयोग गर्ने क्रिम र मल्हमले छालालाई झनै बिगारिरहेका छन्।

अनावश्यक औषधी र कस्मेटिक सामग्रीले अनुहार नबिग्रिँदासम्म अस्पताल आउने बिरामी निकै कम छन्। कतिपय व्यक्तिले साथीको सुझावमा बिना परीक्षण आफूखुसी मल्हम लगाउने, औषधी दल्नेसमेत गर्ने गरेका छन्।

डण्डीफोर, चाया–पोतो, दाग लगायतका छालासम्बन्धी समस्या भएका पहिले औषधी पसल अनि पार्लरमा धाउने गर्थे। अनावश्यक औषधी र कस्मेटिक सामग्रीले अनुहार नबिग्रिँदासम्म अस्पताल आउने बिरामी निकै कम छन्। कतिपय व्यक्तिले साथीको सुझावमा बिना परीक्षण आफूखुसी मल्हम लगाउने, औषधी दल्नेसमेत गर्ने गरेका छन्।

कतिपयले युट्युबमा भिडियो हेरेको भरमा पनि आफूखुसी औषधी र क्रिम प्रयोग गर्ने गरेका छन्। त्यसैले छालाको रोगप्रति सचेत भएर कुनै समस्या देखिने बित्तिकै सम्बन्धित छाला रोग विशेषज्ञको सल्लाहमा मात्र औषधि प्रयोग गर्नुपर्छ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ७ : ०४ बजे

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान

इलाम २ : अन्तिम चरणमा मतगणना, सुहाङलाई फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

इलाममा सुहाङलाई ६ हजार ६०६ मतको अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका