अकाउन्ट नबनाई च्याटजीपीटी प्रयोग गर्न सकिने  | Khabarhub Khabarhub

अकाउन्ट नबनाई च्याटजीपीटी प्रयोग गर्न सकिने 


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को स्वामित्वमा रहेको च्याटजीपीटी प्रयोग गर्न अकाउन्ट बनाउनु नपर्ने भएको छ ।

च्याटजीपीटी निर्माता कम्पनी ओपन एआईले एक ब्लगमार्फत अकाउन्ट बनाइरहन आवश्यक नभएको जानकारी दिएको हो ।

नोभेम्बर २०२२ मा सार्वजनिक भएको यो टुल प्रयोग गर्न प्रयोगकर्ताले अनिवार्य रूपमा अकाउन्ट बनाउनु पर्ने हुन्थ्यो ।

तर प्रयोगकर्ताल च्याटजीपीटीलाई सहजै प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले अकाउन्टबिनै प्रयोग गर्न सकिने फिचर ल्याएको जनाएको छ ।

तर भ्वाइस कन्भर्सेसन, च्याट शेयर गर्न, च्याट हिस्ट्री हेर्न अकाउन्ट बनाउनु पर्ने हुन्छ ।

ओपनएआईका अनुसार विश्वका १८५ देशका १० करोड बढी मानिसहरूले च्याटजीपीटी प्रयोग गर्छन् ।

पछिल्लो समय ओपन एआईले आवाज नक्कल गर्न सक्ने ‘भ्वाइस इन्जिन’ र शब्दकै भरमा फोटो तयार पार्ने प्लेटफर्म ‘सोरा’ सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  १२ : ५१ बजे

मझगाउँ विमानस्थल स्तरोन्नतिका लागि रक्षामन्त्री उप्रेती र कांग्रेस नेता लेखकबीच छलफल

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल स्तरोन्नतिका लागि रक्षामन्त्री हरि उप्रेती

स्वतन्त्र प्रेसलाई नियन्त्रणमा राखेको भन्दै प्रेस युनियनको प्रदर्शन (तस्बिरहरु)

काठमाडौं– स्वतन्त्र प्रेसलाई नियन्त्रणमा राखेको भन्दै नेपाल प्रेस युनियनको बुधबार

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति

गाजामा हवाई आक्रमण : दुई नेतासहित पाँच लडाकुको मृत्यु

काठमाडौं– हमासको ट्यांक प्रतिरोधी मिसाइल अभियानका प्रमुख नेतामध्ये एक व्यक्ति

टिप्ताला नाका खुलाउने तयारी

फुङ्लिङ – ताप्लेजुङमा अवस्थित टिप्ताला नाका खुलाउने तयारी भइरहेको छ