चरिकोट–देउराली सडक कालोपत्र अन्तिम चरणमा | Khabarhub Khabarhub

चरिकोट–देउराली सडक कालोपत्र अन्तिम चरणमा


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

दोलखा– चरिकोटबाट कालिञ्चोक जाने चरिकोट-देउराली सडक कालोपत्र अन्तिम चरणमा पुगेको छ । आउँदो वैशाखसम्म कालोपत्र सम्पन्न हुने भएको हो । सडक ट्रयाक खुलेको ३० वर्षपछि कालोपत्रको ठेक्का लागेको थियो ।

कालोपत्र भएपछि कालिञ्चोक जाने यात्रुलाई यात्रा सहज हुनेछ । सडक विस्तार र कालोपत्रको काम अन्तिम चरणमा पुगेको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

सडकको पर्खाल, नाली, कल्भर्टलगायतका पूर्वाधार निर्माण गरी अहिले कालोपत्रको काम अन्तिममा पुगेको र केही दिनमा सम्पन्न हुने पूर्वाधार विकास कार्यालयका प्रमुख डिभिजन इन्जिनियर भरतकुमार यादवले बताए । उनले  ९८ प्रतिशत भौतिक प्रगति भइसकेको जानकारी दिए ।

सडक ग्रेडिङ गरी सब-बेसको काम पूरा भइसकेको प्रमुख यादवको भनाइ छ । देउरालीदेखि सुरु गरेको कालोपत्र अघिल्लो जेठमै एक किलोमिटर सम्पन्न भएको थियो । केही दिन अगाडी सकिने काम पानी परेकाले रोकिएको कार्यालयले जनाएको छ ।

सडकको लम्बाइ  पाँच किलोमिटर र चौडाइ  छ मिटर छ । सडकमा दुईतर्फी गाडी आवतजावत गर्न सक्ने प्राविधिकको भनाइ छ । सडक कालोपत्र गरिसकेपछि रङरोगन, ट्राफिक चिन्ह राख्ने काम हुने कार्यालयले जनाएको छ । मौसमले साथ दिएमा एक साताभित्र कालोपत्र पूरा गरी वैशाखभित्र सम्पूर्ण काम सकिने प्रमुख यादवले बताए ।

१८ महिनामा काम पूरा सम्झौता सहित २०७९ भदौ २ गते जय धनन्जय/गणेश, कुण्ड/भुजेल जेभी ओखलढुङ्गाले ठेक्का लिएको थियो । निर्माण व्यवसायीका प्रतिनिधि सुदिप सुनुवारले समयमा साइट क्लियर भए पनि २०८० साउनदेखि मङ्सिरसम्म क्रसर बन्द हुँदा निर्धारित समयमा काम पूरा गर्न नसकेको बताए ।

‘ठेक्का सम्झौताअनुसार १८ महिनामा सम्पन्न गर्नुपर्ने भए पनि हामी एक वर्षभित्रै पूरा गर्ने गरी कामलाई तीव्रता दिइरहेका थियौँ,’ निर्माण व्यवसायी सुनुवारले भने, ‘सिम्पानीमा दुई सय मिटर नयाँ ट्रयाक खोल्नुप-यो क्रसर बन्दले निर्माण सामग्री पाएनौँ ।’

सडक विस्तारको क्रममा सबैभन्दा जटिल मानिएको भीमेश्वर नगरपालिका-६ सिम्पानीमा रहेको नेपाली सेनाको पश्चिमतिरको घेराबार सार्न, खानेपानीका पाइप र विद्युत्का पोल हटाउने काम ढिलाइ हुँदा समग्र काम  ढिला भएको उनले बताए ।

ढल विकासको कामले सडकको सतह बिगारेकाले सुधार्न थप लगानी गर्नुपरेको निर्माण व्यवसायीको भनाइ छ । सडकको रु १७ करोड ३५ लाखमा ठेक्का आह्वान भएकोमा निर्माण व्यवसायले मूल्य अभिवृद्धि करसहित १२ करोड ९० लाखमा सम्झौता गरेको थियो । पूर्व निर्धारित डिजाइन अनुसार काम थपिएपछि लागत पनि बढ्ने अनुमान छ ।

सम्झौता अनुसार समयमा काम पूरा नभएपछि तीन महिना म्याद थप भएको थियो । भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले कालोपत्र सम्पन्न भए पनि सुस्ताउँदै गएको चरिकोट बजारलाई चलायमान हुने विश्वास व्यक्त गर्नुभयो । चरिकोटबाट कालिञ्चोक जाने सडकको दुरावस्थाले गर्दा मकैबारीबाट पर्यटक कालिञ्चोक जाने गरेका छन् ।

चरिकोटका व्यवसायीले कालिञ्चोक जाने सडक एकतर्फी बनाउनुपर्ने माग गर्दै आएका छन् । पूर्वाधार विकास कार्यालयले कालिञ्चोक जाने देउरालीदेखि माथिल्लो सडक पनि सुधार गर्दै आएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  २ : ४८ बजे

मन्त्रिपरिषद्को नियमित बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । आजको बैठकमा मुख्यसचिव

प्रतिनिधि सभाको सचिवमा पूर्वसचिव अधिकारी सिफारिस

काठमाडौं- सभामुख देवराज घिमिरेले पूर्वसचिव सुरेश अधिकारीलाई प्रतिनिधि सभाको सचिव

शिक्षा क्षेत्रमा संरचनागत सुधारको प्रयास जारी छ : मन्त्री श्रेष्ठ

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रको संरचनागत

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो 

काठमाडौं– साताको दोस्रो कारोबारको दिन शेयर बजार दोहोरो अंकले बढेको

जबज र पहिचानको मुद्दामा राजेन्द्र राईको फरक मत (पूर्णपाठ)

काठमाडौं : नेकपा (एकीकृत समाजवादीले पार्टी) को महाधिवेशन काठमाडौंमा जारी