सवारीसाधन दुर्घटना न्यूनिकरण गर्न गोरखामा चेतनामूलक होडिङ बोर्ड « Khabarhub

सवारीसाधन दुर्घटना न्यूनिकरण गर्न गोरखामा चेतनामूलक होडिङ बोर्ड


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखामा सवारी दुर्घटना न्यूनीकरणका लागि दुर्घटनाको बढी जोखिम रहेका सडक छेउछाउमा सचेतनामूलक होर्डिङ बोर्ड राख्ने अभियान सुरु भएको छ ।

ट्राफिक प्रहरी कार्यालय गोरखाले जिल्लाभित्रका दुर्घटनाको अत्यधिक जोखिम रहेका क्षेत्रको पहिचान गरी सचेतनामूलक बोर्ड राख्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख शिवप्रसाद पाठकले जानकारी दिए । ‘अभियान अन्तर्गत गोरखा सदरमुकाम क्षेत्रमा दुर्घटनाको जोखिमयुक्त स्थानमा सचेतनामूलक होर्डिङ बोर्ड राखिएको छ’, उनले भने, ‘आवश्यकताका आधार दुर्घटनाको बढी जोखिम रहेका अन्य स्थानहरूमा पनि सचेतनामूलक बोर्डहरू राखिनेछ ।’

सवारी चालक तथा यात्रु र अन्य सर्वसाधारण नागरिकमा पनि सवारी दुर्घटना न्यूनीकरण उपायबारे जानकारी गराउन सके दुर्घटना न्यूनीकरण गर्न सकिने उनको भनाइ छ । ट्राफिक प्रहरीले दुर्घटना बढी हुनसक्ने जोखिमयुक्त सडकको किनारामा सचेतनामूलक बोर्ड राखेको प्रमुख पाठकले बताए ।

ट्राफिक सचेतनामूलक तस्बिरहरू, जथाभाबी र लापरबाही ढङ्गबाट सवारी चलाउँदा हुनसक्ने दुर्घटनाको जोखिम, मादक पदार्थ सेवन गरी सवारी नचलाउन अनुरोध सहितको सचेतनामूलक सन्देशहरू होर्डिङ बोर्डमा उनको भनाइ छ । त्यस्तै तीव्र गतिमा सवारी नचलाउन, घुम्तीमा जथाभाबी ओभरटेक नगर्न र बजार क्षेत्रमा सवारी सुस्त गतिमा सवारी चलाउन आग्रह सहितको सन्देशहरू सचेतनामूलक बोर्डमार्फत प्रवाह गरिएको प्रमुख पाठकले जानकारी दिए ।

ट्राफिक प्रहरीले बजार क्षेत्रमा चालकहरूलाई गति सीमित गर्न सचेतना प्रदान गर्ने गरी बोर्ड राख्ने तयारी गरिरहेको छ । ‘बढी सवारीको चाप हुने भएकाले बजार क्षेत्रमा तीव्र गतिमा सवारी चलाउन बढी दुर्घटना हुने गरेको पाइन्छ’, प्रमुख पाठकले भने, ‘अब त्यसका लागि पनि सचेतना फैलाउनु जरुरी भएकाले बजार क्षेत्रमा गति सीमित लेखेर बोर्डहरू ठाउँ ठाउँमा राख्ने तयारी पनि गरिरहेका छौँ ।’ ट्राफिक प्रहरीले सुरु गरेको यस प्रकारको सचेतनामूलक अभियानले दुर्घटना न्यूनीकरणका लागि मद्दत पुग्ने विश्वास गरिएको प्रमुख पाठकले जानकारी दिए  ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ३ : ०४ बजे

बसिरको आक्रामक ब्याटिङले हारबाट जोगियो विराटनगर, कर्णाली तेस्रो पटक निराश

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको

युक्रेनी राष्ट्रपति जेलेन्स्कीको चिफ अफ स्टाफको घर र कार्यालयमा छापा

कीएभ- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री यर्माकका

अहिले एमाले र देश दुवैमा ओलीको विकल्प छैन : पृथ्वी सुब्बा गुरुङ

काठमाडौं– नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङ २०८१ असारमा

विराटनगरका बसिरले पनि हाने अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध विराटनगर

गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार

फुङ्लिङ– ताप्लेजुङमा सम्पन्न भएको दोस्रो अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको