सवारीसाधन दुर्घटना न्यूनिकरण गर्न गोरखामा चेतनामूलक होडिङ बोर्ड « Khabarhub

सवारीसाधन दुर्घटना न्यूनिकरण गर्न गोरखामा चेतनामूलक होडिङ बोर्ड


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखामा सवारी दुर्घटना न्यूनीकरणका लागि दुर्घटनाको बढी जोखिम रहेका सडक छेउछाउमा सचेतनामूलक होर्डिङ बोर्ड राख्ने अभियान सुरु भएको छ ।

ट्राफिक प्रहरी कार्यालय गोरखाले जिल्लाभित्रका दुर्घटनाको अत्यधिक जोखिम रहेका क्षेत्रको पहिचान गरी सचेतनामूलक बोर्ड राख्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख शिवप्रसाद पाठकले जानकारी दिए । ‘अभियान अन्तर्गत गोरखा सदरमुकाम क्षेत्रमा दुर्घटनाको जोखिमयुक्त स्थानमा सचेतनामूलक होर्डिङ बोर्ड राखिएको छ’, उनले भने, ‘आवश्यकताका आधार दुर्घटनाको बढी जोखिम रहेका अन्य स्थानहरूमा पनि सचेतनामूलक बोर्डहरू राखिनेछ ।’

सवारी चालक तथा यात्रु र अन्य सर्वसाधारण नागरिकमा पनि सवारी दुर्घटना न्यूनीकरण उपायबारे जानकारी गराउन सके दुर्घटना न्यूनीकरण गर्न सकिने उनको भनाइ छ । ट्राफिक प्रहरीले दुर्घटना बढी हुनसक्ने जोखिमयुक्त सडकको किनारामा सचेतनामूलक बोर्ड राखेको प्रमुख पाठकले बताए ।

ट्राफिक सचेतनामूलक तस्बिरहरू, जथाभाबी र लापरबाही ढङ्गबाट सवारी चलाउँदा हुनसक्ने दुर्घटनाको जोखिम, मादक पदार्थ सेवन गरी सवारी नचलाउन अनुरोध सहितको सचेतनामूलक सन्देशहरू होर्डिङ बोर्डमा उनको भनाइ छ । त्यस्तै तीव्र गतिमा सवारी नचलाउन, घुम्तीमा जथाभाबी ओभरटेक नगर्न र बजार क्षेत्रमा सवारी सुस्त गतिमा सवारी चलाउन आग्रह सहितको सन्देशहरू सचेतनामूलक बोर्डमार्फत प्रवाह गरिएको प्रमुख पाठकले जानकारी दिए ।

ट्राफिक प्रहरीले बजार क्षेत्रमा चालकहरूलाई गति सीमित गर्न सचेतना प्रदान गर्ने गरी बोर्ड राख्ने तयारी गरिरहेको छ । ‘बढी सवारीको चाप हुने भएकाले बजार क्षेत्रमा तीव्र गतिमा सवारी चलाउन बढी दुर्घटना हुने गरेको पाइन्छ’, प्रमुख पाठकले भने, ‘अब त्यसका लागि पनि सचेतना फैलाउनु जरुरी भएकाले बजार क्षेत्रमा गति सीमित लेखेर बोर्डहरू ठाउँ ठाउँमा राख्ने तयारी पनि गरिरहेका छौँ ।’ ट्राफिक प्रहरीले सुरु गरेको यस प्रकारको सचेतनामूलक अभियानले दुर्घटना न्यूनीकरणका लागि मद्दत पुग्ने विश्वास गरिएको प्रमुख पाठकले जानकारी दिए  ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ३ : ०४ बजे

बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी

काठमाडौं– सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ

नेपाल-कोरिया पर्यटन प्रवर्द्धन समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं– एजट्रेक डिजिटल सेफ्टी सिस्टमको प्रयोग गरी कृतिम बुद्धिमत्ता (एआई) मा

सवारीसाधनको ठक्करबाट युवकको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ खरकट्टा जङ्गलस्थित

काउलीमा भेटियो अत्यधिक मात्रामा विषादी

काठमाडौं– कालीमाटी तरकारी बजारको काउलीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ

सरकारका १०० दिन : विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

काठमाडौँ– सरकारले मन्त्रालयहरूको सङ्ख्या घटाइ बेग्लै विज्ञान, प्रविधि तथा नवप्रवर्तन