मौलापुरकी मेयर फेरि पदमुक्त भएको गृहमन्त्रीलाई रिपोर्टिङ « Khabarhub

मौलापुरकी मेयर फेरि पदमुक्त भएको गृहमन्त्रीलाई रिपोर्टिङ

मेयर रिनाकुमारी भन्छिन्– अदालतले पुनर्बहाली गरेको हो


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहको पद फेरि विवादमा परेको छ । मेयर साह पदमुक्त रहेको भन्दै निर्वाचन आयोगले आइतबार गृहमन्त्री रवि लामिछानेसमक्ष रिपोर्टिङ गरेपछि साहको पद फेरि विवादमा परेको हो ।

निर्वाचन आयोगले मौलापुर नगरप्रमुख पदमुक्त रहेको र त्यहाँ उपचुनाव गर्नुपर्ने बताए पनि साहले मौलापुर नगरपालिकाको काम भने नियमित रुपमा गरिरहेकी छिन् ।

गत असोज ३० मै निर्वाचन आयोगले रिनाकुमारी पदमुक्त बनेको निर्णय गरेको थियो । यसैवीच आइतबार आयोगमा ब्रिफिङ लिन पुगेका गृहमन्त्री लामिछानेलाई मौलापुरको नगरप्रमुख पद रिक्त रहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पुनः जानकारी गराए ।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नीसमेत रहेकी नगरप्रमुख रिना नेकपा एमालेबाट विजयी नगरप्रमुख हुन् । तर, प्रभु साह एमालेलाई धोका दिएर स्वतन्त्र सांसद बनेपछि आक्रोशित बनेको एमालेले रीना आफ्नो दलमा नरहेको सूचना निर्वाचन आयोगलाई दिएको थियो ।

एमालेको सोही सूचनाका आधारमा उनलाई नगरप्रमुख पदबाट गत असोज ३० मा निर्वाचन आयोगले हटाउने निर्णय गरेको थियो ।

तर, निर्वाचन आयोगको निर्णयविरुद्ध रीना सर्वोच्च अदालत गइन् । अदालतले ०७९ कात्तिक २४ गते अन्तरिम आदेशमार्फत उनको पद थमौती गरिदियो । अदालतको सोही आदेशमा टेकेर रिनाले मेयरको जिम्मेवारी सम्हाल्दै नीतिगत निर्णयहरु गर्दै आइरहेकी छिन् ।

आइतबार गृहमन्त्री रवि लामिछानेसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गरेको ‘पावर पोइन्ट’ प्रस्तुतीमा मौलापुरको नगरप्रमुख पद रिक्त रहेको र त्यहाँ उपनिर्वाचन गर्नुपर्ने उल्लेख गरिएको छ । तर, मेयर रिना भने आफूलाई अदालतले पुनर्बहाली गरिसकेको हुनाले निर्वाचन आयोगले भन्दैमा पदमुक्त नहुने बताउँछिन् ।

नगरप्रमुख रिनाले खबरहबसँग भनिन्, ‘स्थानीय जनप्रतिनिलाई ५ वर्ष काम गर्न कसैले रोक्न सक्दैन । मृत्यु भएको, पदबाट राजीनामा दिएको वा दल त्याग गरेको अवस्थामा मात्रै पदमुक्त हुने हो, मैले नेकपा एमाले त्यागेकी छैन, मेरा श्रीमानले मात्रै एमाले त्यागेर आम जनता पार्टी खोल्नुभएको हो । अदालतले पनि मलाई एमालेमै रहेको भनिसकेको छ ।’

यो पनि-
रिना साह प्रकरण : पतिले एमाले छाड्दा पत्नीलाई कारबाही ?

२२ स्थानीय तहको उपचुनाव मंसिरमा गर्ने तयारी

 

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ३ : २१ बजे

दाङमा भेटिए ११ वटा अवैध भरुवा बन्दुक

दाङ – जिल्लाको बङ्गलाचुलीको एक जङ्गलबाट प्रहरीले आज ११ वटा

छात्राहरूमाथि दुर्व्यवहारबारे सुकुनाले भन्यो : पीडितले न्याय पाउनुपर्छ, निर्दोष बदनाम हुनुहुँदैन

मोरङ – मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत

फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या

काठमाडौं – मेटा कम्पनीअन्तर्गत सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक म्यासेन्जरमा

होर्मुज सङ्कटले विश्व अर्थतन्त्रमा जोखिम बढाउने चेतावनी

मनिला – संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले होर्मुज जलसन्धिमा

घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु

भद्रपुर– झापाको दमकमा घरायसी विवादका क्रममा श्रीमानको खुकुरी प्रहारबाट गम्भीर