लागूऔषध कारोबार रोक्न भारतीय पक्षले सहयोग गर्ने  | Khabarhub Khabarhub

लागूऔषध कारोबार रोक्न भारतीय पक्षले सहयोग गर्ने 


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम- नेपाल–भारत सीमावर्ती जिल्लाका स्थानीय प्रशासन प्रमुखको सीमा समन्वय बैठकमा लागूऔषधको कारोबार रोक्नका लागि भारतीय पक्षले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

भारतको उत्तर प्रदेशस्थित लखिमपुर (खिरी) जिल्लाको पलियामा शनिबार बसेको बैठकमा सीमा क्षेत्रबाट हुनेगरेको लागूऔषधको कारोबार रोकथाममा भारतीय पक्षले सहयोग गर्ने प्रतिबद्धता जनाएको बैठकमा सहभागी कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए ।

खुला सीमाका कारण भारतीय क्षेत्रबाट लागूऔषध कैलाली सहितका जिल्लामा भित्रिने गरेको छ । प्रहरीले लागूऔषध कारोबार र सेवनमा लाग्नेलाई धमाधम पक्राउ गरेपनि समस्या समाधान हुनसकेको छैन ।  केही हप्तापछि भारतमा हुन लागेको लोकसभाको चुनावलाई मध्यनजर गरी बसेको बैठकमा सीमा क्षेत्रमा नेपालीमाथि भारतीय सुरक्षाकर्मीबाट बेलाबखत हुने दुव्र्यवहार रोक्नुपर्ने नेपाली पक्षले कुरा उठाएका थिए ।

‘बैठकमा मैले नेपालीमाथि भारतीय सुरक्षाकर्मीबाट हुने गरेको दुव्र्यवहार रोक्नुपर्ने कुरा उठाएँ, भारतीय पक्षले यस्तो हुन नदिने प्रतिवद्धता गर्नुभयो,’ प्रमुख जिल्ला अधिकारी मिश्रले भने, ‘बैठकमा भारतमा हुन लागेको चुनावको ७२ घन्टा अघि सीमा सिल गर्ने, एम्बुलेन्स लगायतका अति आवश्यक सवारी साधनको आवागमनमा भने रोक नलगाउने, चुनावको बेला सीमामा कुनै अवाञ्छित गतिविधि हुन नदिन निगरानी गर्ने, वन तथा वन्यजन्तु र व्यापारिक मालसामनको चोरी तस्करी नियन्त्रणमा मिलेर काम गर्ने समझदारी भएको छ ।’

बैठकमा सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि रोक्न प्रहरीको तल्लो तहसम्म सूचना आदानप्रदान गर्ने विषयमा  प्रतिबद्धता गरिएको छ ।

बैठकमा नेपालको तर्फबाट कैलालीका प्रमुख जिल्ला अधिकारी मिश्र, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, दुवै जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख, कैलाली भन्सार कार्यालय, वन डिभिजन कार्यालय प्रमुखको सहभागिता रहेको थियो ।

भारतको तर्फबाट उत्तर प्रदेश, लखिमपुर (खिरी) जिल्लाको डिस्ट्रिक मजिष्ट्रेट (जिल्ला अधिकारी) महेन्द्रबहादुर सिंह, सहायक डिस्ट्रिक मजिष्ट्रट, सीमा सुरक्षा बल (एसएसबि), का प्रमुख लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ३ : ३९ बजे

एनपीएल फाइलनका लागि सुदूरपश्चिम र जनकपुर तयार, के भन्छन् दुवै टोलीका कप्तान ?

काठमाडौं – पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल

दुई दिनदेखि सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध

हुम्ला – जिल्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका केन्द्रमा दुई

सर्बियामा बीआरआई अन्तर्गत निमार्ण भएको पुल ढल्यो, भ्रष्टाचार भएको भन्दै प्रदर्शन

काठमाडौं – बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत सर्बियाको नोभि

जैविक विविधता संरक्षणमा अनुसन्धानको भूमिका महत्वपूर्ण : वनमन्त्री ठकुरी

काठमाडौं – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन, वन्यजन्तु

भारतीय पर्यटकले श्रीलङ्काको अर्थतन्त्रलाई नयाँ आकार दिँदै

कोलम्बो – पछिल्लो समय श्रीलंका जाने भारत पर्यटकहरुको संख्या बढेको