आयरल्यान्ड ए सँग नेपाल पराजित « Khabarhub

आयरल्यान्ड ए सँग नेपाल पराजित


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आयरल्यान्ड ए ले नेपाल ए लाई लगातार तेस्रो खेलमा पराजित गरेको छ ।

एकदिवसीय सिरिजको अन्तिम खेलमा आयरल्यान्ड एले दिएको २८५ रनको लक्ष्य पछाएको नेपालले ३९.४ ओभरमा अल आउट हुँदै २१५ रन मात्र बनाए पछि खेल ६९ रनले हारेको हो ।

नेपालका लागि अर्जुन कुमालले सर्वाधिक १०२ रन बनाए भने अर्जुन साउदले ३६ रन बनाए । त्यस्तै नरेन भट्ट र रुपेश सिंहले १५-१५ रन बनाएका थिए ।

त्यसैगरी आयरल्यान्ड एका बलर बेन ह्वाइटले ५ विकेट लिए भने गाभिन होयले ४ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड एले ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको थियो ।

आयरल्यान्ड एका लागि ओपनर स्टेफेन डोहेनीले १०७ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै पिटर मूरले ४४ रन बनाए भने मोर्गन टोपिंगले २१, फिओनन हान्डले २०, बेन ह्वाइटले १९ र माथ्यु हम्परेजले २३ रन बनाएका थिए ।

त्यसैगरी नेपाल ए का बलर रिजन ढकाल र रंजित कुमारले ३-३ विकेट लिए भने विकास आग्री र शाहाब आलमले एक एक विकेट लिएका थिए ।

यो जितसँगै आयरल्यान्ड एले एकदिवसीय सिरिज ३-० ले जितेको छ । यस अघि आयरल्यान्ड एले टी-२० सिरिज २-१ ले जितेको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ४ : १९ बजे

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल