यस्तो बन्यो ‘बोक्सीको घर’को ट्रेलर « Khabarhub

यस्तो बन्यो ‘बोक्सीको घर’को ट्रेलर


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायिका केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले आइतबार एक कार्यक्रमको आयोजनका ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा केकी ‘बोक्सी’को भूमिकामा देखिएकी छिन् भने निर्देशक सुलक्षण भारती गाउँले परिवेशका अधबैँसे पुरुषको भूमिकामा देखिएका छन् । ट्रेलर गाउँको कथा कथा देखाएको छ ।

ट्रेलर सार्वजनिक गर्दै निर्माण पक्षले महिलालाई बोक्सीको आरोप लगाइ गरिने अन्यायको कथामा आधारित फिल्म रहेको जानकारी दिएको छ ।

फिल्ममा केकी, भारतीसहित सुपला सापकोटा, स्वेच्छा राउत, रमा थपलियालगायतको अभिनय रहेको छ ।

८ वर्षअघि मञ्चन भएको नाटकमा आधारित रहेको फिल्म निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । नाटकका लेखक भारतीले नै फिल्म निर्देशन गर्न लागेका हुन् ।

केकी अधिकारीको होम प्रोडक्सनमा बनेको यो फिल्म उनको महत्वाकांक्षी प्रोजेक्ट हो । यस फिल्मको निर्माता केकीका बुबा बद्री अधिकारी हुन् । राज घिमिरे कार्यकारी निर्माता हुन् ।

हेर्नुहोस् भिडियो : 

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ४ : ५५ बजे

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी–  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर

जुम्लाको तिलास्थित कुडारीमा आगलागी, एक किशोरको मृत्यु

जुम्ला– जुम्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा आगलागी

कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीहरुलाई निर्देशन

दोषी लुकाएर गरिने एकपक्षीय कारबाही र प्रतिशोधले देश जलाउँछ : नेता महर

काठमाडौँ– नेपाली कांग्रेसका नेता नैनसिंह महरले दोषीलाई लुकाएर एकपक्षलाई मात्रै

अध्यक्ष ओलीको पक्राउविरुद्ध एमालेका चार निर्णय, देशभर प्रदर्शन गर्ने

काठमाडौँ– नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश