यस्तो बन्यो ‘बोक्सीको घर’को ट्रेलर « Khabarhub

यस्तो बन्यो ‘बोक्सीको घर’को ट्रेलर


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायिका केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले आइतबार एक कार्यक्रमको आयोजनका ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा केकी ‘बोक्सी’को भूमिकामा देखिएकी छिन् भने निर्देशक सुलक्षण भारती गाउँले परिवेशका अधबैँसे पुरुषको भूमिकामा देखिएका छन् । ट्रेलर गाउँको कथा कथा देखाएको छ ।

ट्रेलर सार्वजनिक गर्दै निर्माण पक्षले महिलालाई बोक्सीको आरोप लगाइ गरिने अन्यायको कथामा आधारित फिल्म रहेको जानकारी दिएको छ ।

फिल्ममा केकी, भारतीसहित सुपला सापकोटा, स्वेच्छा राउत, रमा थपलियालगायतको अभिनय रहेको छ ।

८ वर्षअघि मञ्चन भएको नाटकमा आधारित रहेको फिल्म निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । नाटकका लेखक भारतीले नै फिल्म निर्देशन गर्न लागेका हुन् ।

केकी अधिकारीको होम प्रोडक्सनमा बनेको यो फिल्म उनको महत्वाकांक्षी प्रोजेक्ट हो । यस फिल्मको निर्माता केकीका बुबा बद्री अधिकारी हुन् । राज घिमिरे कार्यकारी निर्माता हुन् ।

हेर्नुहोस् भिडियो : 

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ४ : ५५ बजे

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को