भरतपुर आधुनिक सहरका रूपमा विकास भइरहेको छ : प्रधानमन्त्री | Khabarhub Khabarhub

भरतपुर आधुनिक सहरका रूपमा विकास भइरहेको छ : प्रधानमन्त्री


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चितवन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकास लगायतका क्षेत्रमा भरतपुरले आधुनिक र विकासशील सहरका रूपमा फड्को मारिरहेको बताएका छन् ।

भरतपुर अस्पतालको ६८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार एवं मानवीय विकासका बहुआयमिक क्षेत्रमा भरतपुरले निरन्तर प्रगति हासिल गर्दै गएको उल्लेख गरे ।

‘भरतपुर शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकास लगायतका विविध क्षेत्रमा देशकै आधुनिक र विकासशील सहरका रूपमा फड्को मारिरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘स्वास्थ्य सेवाका साथै यस क्षेत्रमा आबादी, खेतीयोग्य जमिनको विस्तार एवं सहरीकरणका निम्ति गुणात्मक योगदान प्रगति गरेको छ ।’

उनले केही दशक अगाडि घना जङ्गल र झाडीहरूले भरिएको, जङ्गली जनावर र विषालु जीवजन्तुहरूको प्रकोप रहेको परिस्थितिमा मानव स्वास्थ्यलाई दृष्टिगत गरी भरतपुर  अस्पताल निर्माण भएको स्मरण गरे ।

यस क्षेत्रकै आम जनतालाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ नेपाल–अमेरिका संयुक्त कोषअन्तर्गत भरतपुर अस्पतालको कार्य प्रारम्भ भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले वर्तमानसम्म आइपुग्दा ४० लाख सेवाग्राहीलाई विशेषज्ञ सेवा प्रदान गरेको जानकारी पाउँदा आफूलाई खुसी महसुस भएको बताए ।

अस्पतालले अन्तरङ्ग र बहिरङ्ग सेवामार्फत नियमित स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘संरक्षित वन जङ्गल क्षेत्रमा पाइने हिंस्रक जीवजन्तुको टोकाइ र आक्रमण, बाढी, पहिरो, आगजनी तथा प्राकृतिक प्रकोप, सबै खाले दुर्घटना, डेङ्गु, क्षयरोग, कुष्ठरोगलगायत आदिबाट प्रभावित बिरामीहरूको रोग निदान, उपचार र नियन्त्रणका लागि आवश्यक उपचार र परामर्श लगायतका सेवालाई उच्च प्राथमिकता दिइरहेको छ ।’

मुख्यतः अस्पतालको भौतिक पूर्वाधार विकास, शय्या क्षमतामा विस्तार, दक्ष जनशक्तिको समुचित व्यवस्थापन तथा रोग निदान र उपचारमा आवश्यक पर्ने अत्याधुनिक औजार उपकरणहरूको पर्याप्त व्यवस्थाको विषयलाई आफूले गम्भीरतापूर्वक लिएको बताउँदै उनले यसका निम्ति सरकारको तर्फबाट आवश्यक पहल हुने विश्वास दिलाए ।

प्रधानमन्त्री प्रचण्डले भरतपुर अस्पताल राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानको आङ्गिक कलेज भइरहेको सन्दर्भमा आगामी शैक्षिक सत्रबाट नै एमबिबिएस कक्षा सञ्चालन गर्नुपर्ने अस्पताल प्रशासनको मागप्रति आफू सहमत रहेको बताए ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ६ : ०३ बजे

एकीकृत समाजवादीको महाधिवेशनका लागि १३ सदस्यीय अध्यक्षमण्डल गठन

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न पार्टीका

सुदूरपश्चिम प्रदेशमा मन्त्रालय विभाजनप्रति नेपाली कांग्रेसको आपत्ति

कैलाली– नेपाली कांग्रेस संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रालय विभाजन

कसरी फैलियो उडानै नभएको रूटमा ताराको जहाज बेपत्ता भएको अफवाह ?

काठमाडौं- सोमबार दिउँसो २ बजे सामाजिक सञ्जालमा एउटा अफवाह फैलियो

भष्ट्राचारका ठूला काण्ड छानबिन गर्न आयोग गठन हुँदैछ : रवि लामिछाने

काठमाडौं– उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले सरकारले भष्ट्राचारका विभिन्न ठूला

फ्रान्सको निर्वाचनमा ले पेनको दल आगाडि, राष्ट्रपति म्याक्रोँको दल तेस्रो स्थानमा

एजेन्सी– फ्रान्समा पहिलो चरणको विधायिकी निर्वाचनमा विजय हासिल गरेपछि फ्रान्सको