संसद् भवन निर्माण प्रक्रिया ढिलाइमा सभामुखको असन्तुष्टि | Khabarhub Khabarhub

संसद् भवन निर्माण प्रक्रिया ढिलाइमा सभामुखको असन्तुष्टि


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको निर्माण सुस्त गतिमा भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

आइतबार निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन गर्दै सभामुख घिमिरेले सरकारको प्राथमिकतामा परेको आयोजना छिटो बनोस् भन्ने चाहना रहे पनि तोकिएको समयमा निर्माण नभएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उनले निर्माणाधीन सङ्घीय संसद् भवन कहिले बन्छ भन्दा पनि आशा गर्ने ठाँउमात्रै रहेको जिकिर गरे । सभामुख घिमिरेले संसद् भवन निर्माणमा देखिएका समस्या र अप्ठेराहरूलाई समाधान गर्न आफूले पहल गर्ने बताए ।

एक वर्षपछि अनुगमनमा आउँदा यसअघि जुन गतिमा निर्माण हुनुपर्ने हो त्यसको ५० प्रतिशत मात्रै काम भएको देखिएको उनले बताए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते सिंहदरबारस्थित पुतली बगैँचामा नयाँ संसद् भवन निर्माणको शिलान्यास गरेका थिए । तीन वर्षमा निर्माण सक्ने लक्ष्य अनुसार काम सुरु गरे पनि समयमा नै सम्पन्न नभएका कारण पटक पटक म्याद थप गरिँदै आएको छ । १५१ रोपनी जग्गामा संघीय संसद्का १२ वटा भवन निर्माण गरिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ६ : ११ बजे

शनिबार बिहान बाजुरामा पाँच म्याग्नेच्युडको भूकम्प

बाजुरा – जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दू

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल पुस ६ गते शनिबार तदनुसार

आज २०८१ साल पुस ६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल पुस ६ गते शनिबार तदनुसार

एनपीएल फाइलनका लागि सुदूरपश्चिम र जनकपुर तयार, के भन्छन् दुवै टोलीका कप्तान ?

काठमाडौं – पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल

दुई दिनदेखि सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध

हुम्ला – जिल्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका केन्द्रमा दुई