फेवातालमा डुंगा दुर्घटनामा परेका युवाको सकुशल उद्धार « Khabarhub

फेवातालमा डुंगा दुर्घटनामा परेका युवाको सकुशल उद्धार


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

पोखरा– कास्कीस्थित फेवातालमा बोटिङ गर्ने क्रममा दुर्घटनामा परेका एक युवकको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ ।

आज साँझ स्याङ्जा जिल्लाको अर्जुन चौपारी गाउँपालिका–३ घर भई पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने २० वर्षीय शोभित परियार बोटिङ गर्ने क्रममा अचानक आएको हावाहुरीको कारण बोट पल्टिन गई तालमा खसेका थिए ।

उक्त दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपालको फेलातालस्थित रेशक्यू टावरमा तैनाथ उद्धार टोलीले उनको तत्कालै सकुशल उद्धार गरेको हो ।

हावाहुरीको कारण तालबराही मन्दिरमा अड्किएका करिब २५ जना आन्तरिक तथा बाह्य पर्यटकको समेत सोही टोलीले सकुशल उद्धार गरेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ७ : ०२ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील