असहाय र विपन्नका लागि हाडजोर्नी सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर | Khabarhub Khabarhub

असहाय र विपन्नका लागि हाडजोर्नी सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ अर्थोपेडिक अस्पतालमा गरिब र असहाय व्यक्तिहरुका लागि खुट्टाको हड्डीको उपचारसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

हिलिङ द चिल्ड्रेन अमेरिकाका विशेषज्ञ चिकित्सकहरू अलिरेजा खोसरोबादीर र जोहन हर्जेनबर्गसहित सो अस्पतालका विशेषज्ञ चिकित्सकको टोलीले उपचार दिने गरी आजदेखि आगामी शुक्रबारसम्मका लागि सो शिविरको आयोजना गरिएको उक्त अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका मेडिकल निर्देशक डा कैलाश भण्डारीले यस निःशुल्क स्वास्थ्य शिविरबाट आर्थिक अभाव भएका गरिब तथा विपन्न व्यक्तिहरूले लाभ लिन सक्ने जानकारी दिए ।

उनका अनुसार सो स्वास्थ्य शिविरमा सामान्य स्वास्थ्य परीक्षणदेखि जटिल खालका शल्यक्रियाहरू पनि गरिने भएको छ । यस प्रकारको जटिल शल्यक्रियामा विशेषज्ञ चिकित्सकहरू सहभागी हुनेछन् ।

यस शिविरबाट खुट्टाको हड्डी बाङ्गो भएका, हाड तथा जोर्नीसम्बन्धी जन्मजात विविध समस्या भएका, पछि समस्या उत्पन्न भएका तर समयमै उपचार पाउन नसकेका तथा शल्यक्रिया गर्नुपर्ने भए पनि विशेषज्ञ चिकित्सकको परामर्श पाउन नसकेकाहरूले लाभ लिन सक्ने डा भण्डारीले जानकारी दिए ।

अनाथ, असहाय, निम्न वर्गीय तथा अपाङ्गता भएका नागरिकको स्वास्थ्य सेवामा समर्पित रहने गरी गैरनाफामूलक संस्थाका रूपमा सन् १९९८ मा स्थापना भएको यस अस्पतालले हाड जोर्नीका बिरामीका लागि सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ७ : १६ बजे

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

काठमाडौं– विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको