असहाय र विपन्नका लागि हाडजोर्नी सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर | Khabarhub Khabarhub

असहाय र विपन्नका लागि हाडजोर्नी सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ अर्थोपेडिक अस्पतालमा गरिब र असहाय व्यक्तिहरुका लागि खुट्टाको हड्डीको उपचारसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

हिलिङ द चिल्ड्रेन अमेरिकाका विशेषज्ञ चिकित्सकहरू अलिरेजा खोसरोबादीर र जोहन हर्जेनबर्गसहित सो अस्पतालका विशेषज्ञ चिकित्सकको टोलीले उपचार दिने गरी आजदेखि आगामी शुक्रबारसम्मका लागि सो शिविरको आयोजना गरिएको उक्त अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका मेडिकल निर्देशक डा कैलाश भण्डारीले यस निःशुल्क स्वास्थ्य शिविरबाट आर्थिक अभाव भएका गरिब तथा विपन्न व्यक्तिहरूले लाभ लिन सक्ने जानकारी दिए ।

उनका अनुसार सो स्वास्थ्य शिविरमा सामान्य स्वास्थ्य परीक्षणदेखि जटिल खालका शल्यक्रियाहरू पनि गरिने भएको छ । यस प्रकारको जटिल शल्यक्रियामा विशेषज्ञ चिकित्सकहरू सहभागी हुनेछन् ।

यस शिविरबाट खुट्टाको हड्डी बाङ्गो भएका, हाड तथा जोर्नीसम्बन्धी जन्मजात विविध समस्या भएका, पछि समस्या उत्पन्न भएका तर समयमै उपचार पाउन नसकेका तथा शल्यक्रिया गर्नुपर्ने भए पनि विशेषज्ञ चिकित्सकको परामर्श पाउन नसकेकाहरूले लाभ लिन सक्ने डा भण्डारीले जानकारी दिए ।

अनाथ, असहाय, निम्न वर्गीय तथा अपाङ्गता भएका नागरिकको स्वास्थ्य सेवामा समर्पित रहने गरी गैरनाफामूलक संस्थाका रूपमा सन् १९९८ मा स्थापना भएको यस अस्पतालले हाड जोर्नीका बिरामीका लागि सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ७ : १६ बजे

नागरिकता ऐन २०६३ को संशोधन विधेयकलाई आवश्यक सुधार गर्न सकिन्छ : विमला घिमिरे

काठमाडौं– राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नागरिकता ऐन २०६३ को

बन्दिपुर केबलको आईपीओ आउने

काठमाडौं– बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणको लागि साधारण

हर्कको श्रमदान अभियानमा गएकी किशोरीमाथि यौन दुर्व्यवहार, एकजना समातिए

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले चलाएको श्रमदान अभियानका क्रममा

नेपाल इन्स्योरेन्सको हकप्रद निष्कासन हुने 

काठमाडौं– नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको

हैजा नियन्त्रणका लागि काठमाडौं महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम

काठमाडौं– काठमाडौँ महानगरपालिकाले हैजा रोग नियन्त्रणका लागि ३२ वटै वडामा