जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव « Khabarhub

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

आजै बिहान संसदीय दलको बैठक


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी पार्टी नेपाल (जसपा) फर्किँदासम्म दुई टुक्रा भइसकेको छ ।

यादव मंगलबार सबेरै बिहान १ बजे कतार एयरवेजको जहाजबाट काठमाडौं उत्रिँदा स्वास्थ्य मन्त्रालयका केही कर्मचारी र जसपा कार्यकर्ताले खादा र मालाले स्वागत गरे। तर यादवको अनुहारबाट खुसी उत्रिएको थियोे ।

यादव अमेरिकबाट काठमाडौं आइनपुग्दै जसपा विभाजन गरेर संघीय परिषद् अध्यक्ष अशोक राईले नयाँ दल खोलिसकेका छन् । जसपाका १२ मध्ये ७ सांसद राईले लगिसकेका छन् ।

अप्रिल ३० देखि मे ३ तारिखसम्म यूएन सेक्रेटरियट न्यूयोर्कमा भएको विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै गत शनिबार बेलुकी यादव अमेरिका गएका थिए । तर एक सातामा नेपाल फर्किँदा यादवले पार्टी विभाजनको नराम्रो चोट सहन पुगे ।

उनले नेपाल टेक्न नपाउँदै यादवको दल जसपा नेपाल अब प्रतिनिधिसभामा १२ सिटबाट घटेर ५ मा सीमित भएको छ ।

यादवले अमेरिकाबाट कतार हुँदै काठमाडौं टेकिनसक्दा अशोक राईले जनता समाजवादी पार्टी (जनता समाजवादी) लाई निर्वाचन आयोगमा दर्ता गरेर प्रमाणपत्रसमेत लिइसकेका छन् ।

पूर्वशिक्षामन्त्रीसमेत रहेका राईले नयाँ दल दर्ता गर्दा केन्द्रीय कमिटीबाट पनि ३० जना नेतालाई आफ्नो पक्षमा पारिसकेका छन् । राई नेतृत्वको पार्टीलाई औपचारिक रुपमा दलको मान्यता मिलेको छ । अर्थात् यादवले पार्टी विभाजन रोक्ने मौकासमेत पाएनन् ।

राई नेतृत्वको नयाँ पार्टीमा प्रदीप यादव, रञ्जु ठाकुर, बहालवाला मन्त्री नवलकिशोर साह सुडी, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, हसिना खातुन जोडिएका छन् ।

दलको बैठक

अध्यक्ष यादव नेपाल आउनुअघि नै जसपा नेपाल संसदीय दलको बैठक बोलाइएको छ । जसका अध ५ मात्रै सांसद बाँकी छन् ।

उनले संघीय संसद्का दुवै सदनमा प्रतिनिधित्व गर्ने सांसदहरूलाई बैठकमा सहभागी हुन आफ्नो सचिवालयमार्फत खबर गरिसकेका छन् ।

यादवका स्वकीय सचिव महेश चौरसियाले जसपा नेपाल संसदीय दलको बैठक बसेर मात्रै विस्तृत धारणा सार्वजनिक गरिने बताए ।

 


 

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ३ : ३१ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले