जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव | Khabarhub Khabarhub

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

आजै बिहान संसदीय दलको बैठक


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी पार्टी नेपाल (जसपा) फर्किँदासम्म दुई टुक्रा भइसकेको छ ।

यादव मंगलबार सबेरै बिहान १ बजे कतार एयरवेजको जहाजबाट काठमाडौं उत्रिँदा स्वास्थ्य मन्त्रालयका केही कर्मचारी र जसपा कार्यकर्ताले खादा र मालाले स्वागत गरे। तर यादवको अनुहारबाट खुसी उत्रिएको थियोे ।

यादव अमेरिकबाट काठमाडौं आइनपुग्दै जसपा विभाजन गरेर संघीय परिषद् अध्यक्ष अशोक राईले नयाँ दल खोलिसकेका छन् । जसपाका १२ मध्ये ७ सांसद राईले लगिसकेका छन् ।

अप्रिल ३० देखि मे ३ तारिखसम्म यूएन सेक्रेटरियट न्यूयोर्कमा भएको विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै गत शनिबार बेलुकी यादव अमेरिका गएका थिए । तर एक सातामा नेपाल फर्किँदा यादवले पार्टी विभाजनको नराम्रो चोट सहन पुगे ।

उनले नेपाल टेक्न नपाउँदै यादवको दल जसपा नेपाल अब प्रतिनिधिसभामा १२ सिटबाट घटेर ५ मा सीमित भएको छ ।

यादवले अमेरिकाबाट कतार हुँदै काठमाडौं टेकिनसक्दा अशोक राईले जनता समाजवादी पार्टी (जनता समाजवादी) लाई निर्वाचन आयोगमा दर्ता गरेर प्रमाणपत्रसमेत लिइसकेका छन् ।

पूर्वशिक्षामन्त्रीसमेत रहेका राईले नयाँ दल दर्ता गर्दा केन्द्रीय कमिटीबाट पनि ३० जना नेतालाई आफ्नो पक्षमा पारिसकेका छन् । राई नेतृत्वको पार्टीलाई औपचारिक रुपमा दलको मान्यता मिलेको छ । अर्थात् यादवले पार्टी विभाजन रोक्ने मौकासमेत पाएनन् ।

राई नेतृत्वको नयाँ पार्टीमा प्रदीप यादव, रञ्जु ठाकुर, बहालवाला मन्त्री नवलकिशोर साह सुडी, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, हसिना खातुन जोडिएका छन् ।

दलको बैठक

अध्यक्ष यादव नेपाल आउनुअघि नै जसपा नेपाल संसदीय दलको बैठक बोलाइएको छ । जसका अध ५ मात्रै सांसद बाँकी छन् ।

उनले संघीय संसद्का दुवै सदनमा प्रतिनिधित्व गर्ने सांसदहरूलाई बैठकमा सहभागी हुन आफ्नो सचिवालयमार्फत खबर गरिसकेका छन् ।

यादवका स्वकीय सचिव महेश चौरसियाले जसपा नेपाल संसदीय दलको बैठक बसेर मात्रै विस्तृत धारणा सार्वजनिक गरिने बताए ।

 


 

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ३ : ३१ बजे

नेपालगञ्जमा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु भएको छ

ब्रेकेल प्लेक्सेस इञ्जुरीको सफल सल्यक्रिया गर्ने डाक्टरहरु सम्मानित

काठमाडौं- प्लाष्टिक सर्जरी विभाग किर्तिपुर अस्पातलले नेपालमै अध्ययन गरेर हातको

राप्रपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक यही

१७७ जना महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु

काठमाडौं– काठमाडौँ महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको