सभामुखसहित शीर्ष नेताहरूको बैठक बस्दै « Khabarhub

सभामुखसहित शीर्ष नेताहरूको बैठक बस्दै


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका छन् ।

सभामुख घिमिरेले आज बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बैठक बोलाएका हुन् ।

संसद्को वर्षे अधिवेशन सुरु हुनुअघि सहकारी प्रकरणमा सहमतिको प्रयासका लागि सभामुखले शीर्ष नेताहरूलाई बैठकमा बोलाएका हुन् ।

सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाएका छन् ।

सहकारी प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो ।

कांग्रेसको अवरोधले सदनको कारवाही प्रभावित भएपछि सभामुखले शीर्ष बैठक बोलाएका हुन् । 

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ६ : २० बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको