खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ?  « Khabarhub

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


23.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग जोडिएका हुन्छन् । ती संस्कारहरू कुनै न कुनै तवरले रहनसहन, भौगोलिक बनावट, समयसापेक्ष अनुसार प्रभावित भएका हुन्छन् ।  

हाम्रा पुर्खाहरूले पालना गर्दै आएका धेरै संस्कारहरू रूढिवादी हैन, समयसापेक्ष वैज्ञानिक आधारहरू थिए भन्ने केही संस्कारहरूको मूल्य मान्यताहरूले दर्साउँछ । 

हामी धेरैले देख्दै आएको छौँ  कि परिवारका अग्रज व्यक्तित्वहरूले खाना खानुअघि थाल वरिपरि पानीको घेरा छरेर भात चढाउने गरेको । यसलाई अप्सनी भन्ने गरिन्छ । यस्तो किन गरिन्छ त यसको कारण बारे धेरैलाई जानकारी नहुन सक्छ । आज हामी यसैका बारेमा चर्चा गर्ने छौँ कि यो किन गरिन्छ त रु 

परम्परागत रूपमा अन्नलाई पनि देवी मानेर खाना खानु अगाडि ढोगेर आफ्ना देवी देवता र पितृलाई चढाउने गरिन्छ । 

धेरै जसो ग्रामीण नेपाली समाजमा घर आँगनमा गाईबस्तु, कुखुरा, हाँस पालेका हुन्छन् । धेरै जसोको जीवनशैली हिलो माटो, खेतीपाती, गाईबस्तु जस्ता परिवेशमा हुर्केका हुन्छन् । र आफ्नो वरपर आँखाले नदेखिने साना साना कीटाणुहरू रहेका हुन्छन् ।

यिनै कीटाणुहरूबाट बच्न हाम्रो समाजमा खाना खाँदा थाल वरिपरि पानीको घेरा बनाइ भात छर्केर चढाउने गरिन्छ, ताकी ती कीटाणुहरू पानीको घेरा तोडेर खानासम्म आइ नपुगोस् र खाना खाउन्जेल ती कीटाणुहरू तिनै छर्केको भातमै अलमलिएर बसोस् । 

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ६ : ४८ बजे

डिसेम्बरमा स्वदेश फर्किने हसिनाको दृढता

काठमाडौं- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर महिनाभित्रै स्वदेश फर्कने

महानवमीमा सवारी साधनको पूजा

काठमाडौं- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता

विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा

लमजुङ- नेपाली समाजमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको विजयादशमी