अनुदानको प्रतीक्षामा बाँकेका किसान « Khabarhub

अनुदानको प्रतीक्षामा बाँकेका किसान


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

राँझा– नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको भीड लाग्ने गरेको छ । ज्ञान केन्द्रले आह्वान गरेको सूचनाका आधारमा कृषि अनुदानका लागि प्रस्तावना दर्ता गरेका नौ सय बढी किसान अनुदानको आशमा दैनिक केन्द्रमा आउने गरेका छन् ।

‘सिँचाइ अभावले खेतीमा समस्या बेहोर्दै आएका किसान अनुदानको पर्खाइमा छौँ, नेपालगञ्ज–२२ का अगुवा किसान चक्र बुढामगरले भने, ‘ज्ञान केन्द्रले सिँचाइका लागि ‘डिपबोरिङ’मा अनुदान दिने भएपछि आशा जागेको छ ।’

सिँचाइका लागि मोटर तथा डिपबोरिङका लागि सूचना आह्वान गर्दा धेरै किसानले प्रस्तावना दर्ता गरेका कारण वितरणमा चुनौती भएको  ज्ञान केन्द्रका कृषिविज्ञ जीवनकुमार केसीले बताए। 

अन्न उत्पादनका निम्ति उर्वरभूमि बाँकेमा सिँचाइ अभावले धान, गहुँलगायत खेती वर्षामा निर्भर हुनुपर्ने भएकाले सिँचाइका लागि ठूलो सङ्ख्यामा किसानको आवेदन परेको उनले बताए । केन्द्रले यस वर्ष  एक करोड ५० लाख अनुदान दिने तयारी गरेको छ । 

करिब एक सय किसानलाई एक लाख ५० हजारका दरले मोटर तथा डिपबोरिङका लागि अनुदान दिने योजना बनाए पनि ठूलो सङ्ख्यामा प्रस्ताव पेस भएकाले अनुदान रकम घटाएर वितरण गरिने कृषिविज्ञ केसीले जानकारी दिए  । 

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ९ : ३३ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला