बाल अधिकारलाई प्राथमिकता दिन आग्रह | Khabarhub Khabarhub

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्दा बाल अधिकारलाई प्राथमिकता दिन तीनवटै तहका सरकारको ध्यानाकर्षण गराएको छ ।

अभियानले संघीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रालयका साथै आफ्ना सदस्य संस्थामार्फत सबै स्थानीय तहमा ध्यानकर्षणपत्र पठाएर ‘बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन्, ‘बालबालिका राष्ट्रिय गौरव हुन्’ जस्ता विषयलाई नीति तथा कार्यक्रममा राख्न र बालमैत्री स्थानीय शासन लागू, बालश्रम अन्त्य, बालविवाहमुक्त स्थानीय तह, वातावरणमैत्री शासन, अपाङ्गतामैत्री र लैङ्गिकमैत्री कार्यक्रम ल्याउन आग्रह गरेको हो ।

अभियानका महासचिव तिलोत्तम पौडेलले बाल अदालत गठनका साथै बालबालिकाका निम्ति निश्चित  बजेटको सुनिश्चितता गरी कम्तीमा ‘बाल बजेट कोड’को व्यवस्था गर्न माग गरिएको जानकारी दिए।

यसैगरी बालविवाह अन्त्यसम्बन्धी रणनीति, २०७२ र बालमैत्री स्थानीय शासन रणनीति, २०६८ लाई संघीय प्रणालीबमोजिम परिवर्तन गर्न, स्थानीय तहमा बाल कोषको स्थापना, बालमनोविज्ञ र समाजसेवीको व्यवस्था गरी उनीहरूको क्षमता अभिवृद्धि गरी बाल संरक्षण प्रणालीको सुदृढीकरणका लागि पनि सिजपले आग्रह गरेको छ ।

उक्त सञ्जालले अपाङ्गता भएका, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक, द्वन्द्व हिंसा, दुर्व्यवहारमा परेका, बाबुआमाविहीन बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षणमा विशेष कार्यक्रम सञ्चालन गरिनुपर्ने साथै सार्वजानिक भौतिक संरचना, सडकपेटी र उद्यान बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त हुनुपर्ने लगायत १८ बुँदे माग ध्यानाकर्षणपत्रमार्फत प्रस्तुत गरेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  १० : २३ बजे

राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित 

काठमाडौं– संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा बैठक स्थगित भएको

कांग्रेस भन्छ– संसदीय समिति गठनमा रास्वपा लचिलो, एमाले सशंकित

काठमाडौं– सहकारी ठगी प्रकरण अघि सारेर संघीय संसदमा आन्दोलनरत प्रमुख

काठमाडौं महानगरपालिकामा न्याय संवाद कार्यक्रम सुरु

काठमाडौं– काठमाडौं महानगरपालिकाले न्याय संवाद कार्यक्रम सुरु गरेको छ ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिको ऐन संशोधन गर्नुपर्छ : अध्यक्ष खड्का

काठमाडाैं– न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष सङ्गीता खड्काले समितिमा

भक्तराजको निधनपछिका दृश्य राखेर फिल्म ‘आचार्य’ पुन प्रदर्शन हुने 

काठमाडौं– स्वर्गीय वरिष्ठ गायक एवं भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा