पार्टी फुटबारे प्रधानमन्त्रीसँग उपेन्द्र यादवको वार्ता, तत्काल सरकार नछाड्ने « Khabarhub

पार्टी फुटबारे प्रधानमन्त्रीसँग उपेन्द्र यादवको वार्ता, तत्काल सरकार नछाड्ने


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाबाट मंगलबार बिहान फर्किएलगत्तै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका यादवले  प्रधानमन्त्री प्रचण्डलाई सरकारी निवास बालुवाटारमा पुगेर मंगलबार बिहान संवाद गरेका हुन् ।

आफू विदेश रहेका बेला जसपा विभाजित गरिएको भन्दै रुस्ट रहेका उनले प्रचण्डसँग विकसित राजनीतिक घटनाक्रमबारे छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ । 

‘अहिले कोही पनि सरकारबाट बिदा हुने कुरा चलेन । पार्टी फुटबारे सामान्य छलफल भयो’, बालुवाटार स्रोतले भन्यो, ‘यादवजीले आजै संसदीय दलको बैठक राख्नुभएको छ । त्यसपछि केही भन्नुहोला ।’ 

स्रोतका अनुसार प्रधानमन्त्रीले पनि तत्कालै सरकारबाट  फिर्ता हुन नहुन सुझाएका छन् । उता अध्यक्ष यादवले पनि सरकारबाट निस्किने मनसाय नराखेको बालुवाटारस्थित स्रोतले उल्लेख गरेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रचण्ड र यादवबीच अमेरिकामा भएको सरकारी भ्रमणबारे मात्रै छलफल भएको छ। उनले खबरहबलाई भने, ‘भ्रमणबारे मात्रै कुरा भएको प्रधानमन्त्रीले बताउनु भएको छ । अरू कुरा त उहाँ सरकारको वरिष्ठ मन्त्री पनि हो ।’ 

यता जसपा प्रवक्ता मनिस सुमनका अनुसार प्रधानमन्त्री  र यादवबीच विकसित राजनीतिक परिस्थितिबारेमा पनि छलफल भएको छ । 

उनले भने, ‘जसपा नेपालमा देखिएको मनमुटाबबारे कुराकानी भएको छ । अरू खास केही छैन । अहिले दलको बैठक बालकुमारीमा हुन्छ । अनि सबै कुरा बाहिर आउला।’

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  १२ : ३२ बजे

भोटेकोशी बाढीले बगाएका नौ शव तनहुँमा भेटिए

दमौली : रसुवामा बुधबार आएको बाढीले बगाएर ल्याएका नौ वटा

भोटेकोशी-त्रिशूली वितन्‍डाको समयक्रमः तिब्बतमा बाढी पसेपछि नेपालमा भूकम्प, अरु के के भयो ?

काठमाडौँ – जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको जलविज्ञान तथा

आज २०८३ साल भदौ ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ११ गते बिहीबार सन् २०२६

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी