सुनिता विलियम्सको तेस्रो अन्तरिक्ष यात्रा स्थगित, यस्तो छ कारण « Khabarhub

सुनिता विलियम्सको तेस्रो अन्तरिक्ष यात्रा स्थगित, यस्तो छ कारण


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनिता विलियम्सको अन्तरिक्षमा तेस्रो मिसन प्रक्षेपण हुनु केही घण्टा अघि प्राविधिक समस्याका कारण स्थगित भएको छ ।

भारतीय मूलकी अन्तरिक्ष यात्री सुनिता विलियम्स तेस्रो पटक अन्तरिक्षमा उड्नका लागि पूर्ण रूपमा तयार थिइन् । सुनिताले मंगलबार बुच विल्मोरसँग नयाँ अन्तरिक्ष यान बोइङ स्टारलाइनरमा उडान भरेकी थिइन् ।  तर प्रक्षेपणको केही घण्टा अगाडि नै प्राविधिक समस्याका कारण मिसन तत्कालका लागि स्थगित गरिएको थियो । उनले पहिलो पटक सन् २००६ मा र दोस्रो पटक २०१२ मा उडान भरेकी थिइन् ।

हाल यो मिसन प्रक्षेपणको लागि कुनै नयाँ मिति घोषणा गरिएको छैन । जानकारीका अनुसार यो उडान युनाइटेड लन्च एलायन्स एटलस भी रकेटबाट मे ७ अर्थात् आज बिहान ८ : ०४ बजे फ्लोरिडास्थित केप क्यानाभेरल स्पेस फोर्स स्टेशनको स्पेस कम्प्लेक्स–४१ बाट प्रक्षेपण गरिएकाे थियो ।

नासाका अनुसार सुनिताले कूल ३२२ दिन अन्तरिक्षमा बिताएकी छन् ।

बोइङका अनुसार क्रु स्पेस ट्रान्सपोर्टेशन (सीएसटी)-१०० स्टारलाइनर स्पेसक्राफ्ट सात यात्रुका लागि डिजाइन गरिएको हो । यसमा चालक दलका सदस्यहरू र सामानहरू पनि समायोजन र बोक्न सकिन्छ । यसलाई बनाउन १० वर्षभन्दा बढी समय लाग्यो ।

नासाका अनुसार प्यारासुट र एयरब्यागको सहयोगमा चालक दलको क्याप्सुल दक्षिणपश्चिमी संयुक्त राज्य अमेरिकामा अवतरण गर्नु अघि अन्तरिक्ष यात्रीहरूले प्रयोगशालामा करिब एक हप्ता बिताउनेछन् ।

नासाले सन् १९८८ मा सुनिता विलियम्सलाई अन्तरिक्ष यात्रीका रूपमा चयन गरेको थियो र उनीसँग दुई वटा अन्तरिक्ष अभियानको अनुभव छ । उनले एक्सपेडिसन ३२ को फ्लाइट इन्जिनियर र एक्सपिडिसन ३३ को कमाण्डरको रूपमा काम गरिन् ।

समाचार श्राेत : दैनिक भास्कर/एनडीटिभी इन्डिया 

याे पनि…
अन्तरिक्ष यात्रामा जाँदै सुनिता विलियम्स

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  १२ : ५६ बजे

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण

बाँके– भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको

बाढीपहिरोले पाँच सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका