आयोगले सुरु गर्‍यो जसपाका जनप्रतिनिधिको सनाखत « Khabarhub

आयोगले सुरु गर्‍यो जसपाका जनप्रतिनिधिको सनाखत


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रक्रिया थालेको छ।

आयोगले मंगलबार सार्वजनिक सूचना जारी गर्दै जनता समाजवादी पार्टी नेपालको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यलाई २१ दिनभित्र सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा सनाखतका लागि उपस्थित हुन बोलाएको हो ।

आयोगले जेठ १३ गतेभित्र प्रदेशसभा सदस्यले प्रदेश निर्वाचन कार्यालयमा र स्थानीय तहका जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालयमा आफू निर्वाचित भएको सक्कल प्रमाणपत्र र नेपाली नागरिकताको सक्कल प्रमाणपत्रको साथमा सनाखत गर्न भनेको हो । आयोगसमक्ष उपस्थित भएर उनीहरूले आफू जसपा नेपाल वा जसपामा रहेको स्पष्ट गर्नुपर्ने भएको छ । 

जसपा नेपालबाट अलग भएर अशोक राईको नेतृत्व जसपा गठन गरेका छन् । आयोगले राई नेतृत्वको जसपालाई सोमबार दल दर्ता गर्दै प्रमाणपत्र दिएको थियो ।

राई नेतृत्वको जसपामा ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य सामेल रहेका छन् ।

आयोगका अनुसार जसपा नेपालबाट संघीय संसद्‌मा १५ जना सांसद निर्वाचित छन् । जसमा प्रतिनिधिसभामा १२ जना र राष्ट्रियसभामा तीनजना छन् । त्यस्तै प्रदेशसभामा जसपा नेपालका २२ जना निर्वाचित छन् ।

 यस्तै स्थानीय तहमध्ये २१ जना गाउँपालिका अध्यक्ष, १२ जना उपप्रमुख, १९ जना गाउँपालिका उपाध्यक्ष, २९५ वडा अध्यक्ष, २९९ जना महिला सदस्य, २९६ जना दलित महिला सदस्य र ५९८ जना खुला सदस्य निर्वाचित छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  १ : ०० बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,