संसदीय दलमा रविको ब्रिफिङ : मलाई घेरेर कांग्रेसले सत्ता गठबन्धन फुटाउन खोज्यो « Khabarhub

संसदीय दलमा रविको ब्रिफिङ : मलाई घेरेर कांग्रेसले सत्ता गठबन्धन फुटाउन खोज्यो


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय दलको मंगलबार बसेको बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका छन् ।

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानले देशको पछिल्लो राजनीतिक अवस्था र आफूमाथि नेपाली कांग्रेसले संसद्‍मा गरिरहेको घेराबन्दीबारे सांसदहरूलाई ब्रिफिङ गरेका हुन् ।

ब्रिफिङका क्रममा सभापति लामिछानेले २०८० फागुन २१ गतेदेखि प्रमुख प्रतिपक्षी बेन्चमा पुगेको कांग्रेसले आफूलाई घेराबन्दी गरेर सत्ता गठबन्धनमा संकट ल्याउन खोजेको बताएका छन् ।

‘कांग्रेसले अहिलेको सत्ता गठबन्धनमा संकट ल्याउने प्रयास गरिरहेको छ’, उनले बैठकमा ब्रिफिङ गर्दै भने, ‘हामी अहिले देश र जनतालाई केन्द्रमा राखेर काम गरिरहेका छौँ । तर कांग्रेसले अस्थिरता ल्याउन खोजेको छ ।’
उनले पार्टीका तर्फबाट सरकारका रहेका मन्त्रीहरूले देश र जनतालाई केन्द्रमा राखेर त्यहीअनुसारको नीति, कार्यक्रम र बजेटमा ध्यान केन्द्रित गर्नुपर्ने पनि बताएका छन् ।

लामिछानेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूलाई लखेटेर राजनीतिक अस्थिरता निम्त्याउन खोजेको निष्कर्ष सुनाउँदै यस कुरामा सबै सांसद र नेताहरूलाई सजग र सचेत हुन पनि भनेका छन् ।

रास्वपा संसदीय दलको बैठकले अरु कसैको इशारामा संसद्‍लाई सहज ढंगले चल्न नदिएर कांग्रेसले मुलुकमा अस्थिरता निम्ताउन खोजेको निष्कर्ष पनि निकालेको सह-प्रवक्ता मनिष झाले बताएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  १ : ३९ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते

बिहीबारका लागि कुन विदेशी विनिमय दर कति ?

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा