कांग्रेसको आरोप : रविलाई जोगाउन सत्ता र राज्यसंयन्त्रको दुरूपयोग गरियो « Khabarhub

कांग्रेसको आरोप : रविलाई जोगाउन सत्ता र राज्यसंयन्त्रको दुरूपयोग गरियो


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका भनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जोगाउन सत्ता र राज्यसंयन्त्रको दुरुपयोग गरिएको आरोप लगाएको छ ।

मंगलबार सभामुख देवराज घिमिरेको आह्वानमा बसेको शीर्ष नेताहरूसहितको बैठकमा सहभागी भएर बाहिरिने क्रममा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई जोगाउन राज्यसंयन्त्रको दुरुपयोग गरिएको जिकिर गरे ।

‘सरकारका निकायले नै गरेको अनुसन्धानले ठूला सहकारीबाट कनै प्रक्रिया नपुर्‍याई रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेट्वर्कमा करोडौँ ऋण प्रवाह भएको देखिएकोछ’, उनले भने, ‘ती सहकारीका सदस्यसमेत नरहेका रविको नाममै पनि करोडौं ऋण निकालिएको छ । राज्यकै निकायको अनुसन्धानले रविविरुद्ध कयौँ प्रमाण दिए पनि उनलाई जोगाउन राज्यका संयन्त्रलाई दुरुपयोग गरिएको छ ।’

लेखकले अहिले पनि रविबारे छानबिनका लागि संसदीय समिति बन्नुपर्ने अडानमा कांग्रेस यथावत रहेको बताए । ‘आजलाई हाम्रो कुरा भनेको संसदीय छानबिन समिति बनाउनुपर्छ’, उनले भने, ‘माननीय रविजीका लागि पनि यो राम्रो कुरा हो ।’

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रविमाथि प्रश्न उठिसकेपछि आफूहरूले छानबिन गरौँ भन्दा सरकार तयार नहुने अवस्थाले झन् जटिलता निम्त्याएको लेखकले बताए ।

‘रवि लामिछाने कानुनभन्दा माथि छैनन् । आज पनि संसदीय समिति गठन गरौँ भनेका छौँ’, उनले भने, ‘अरु सहकारी ठगीका दोषीलाई कारबाही हुँदा रविलाई जोगाउन सरकारले सबै संयन्त्र परिचालन गरेको छ, हामी अडानबाट पछि हट्दैनौँ ।’

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  २ : ४४ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा