गोरखाका महिलालाई नौमती बाजा बजाउने तालिम « Khabarhub

गोरखाका महिलालाई नौमती बाजा बजाउने तालिम


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– पालुङटार नगरपालिकाले महिलालाई नौमती पञ्जेबाजा बजाउने तालिम दिन सुरु गरेको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत महिलाको सीप विकास र क्षमता अभिवृद्धिका लागि सोमबारदेखि नौमती पञ्चेबाजा बजाउने तालिम सञ्चालन गरेको नगरप्रमुख विवश चिन्तनले जानकारी दिए ।

‘नौमती पञ्चेबाजाको संरक्षण र संवर्द्धनसँगै लोप हुँदै गएको हाम्रो परम्परागत संस्कार र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको हो’, उनले भने, ‘यसबाट एकातर्फ महिलामा सीप विकास हुँदै जानेछ भने अर्कोतर्फ हाम्रो संस्कृतिको पनि जगेर्ना हुनेछ भन्ने विश्वास रहेको छ ।’

पछिल्लो समय विवाह, व्रतबन्ध, चाडबाड तथा मेला पर्व र उत्सवहरूमा नौमती पञ्चेबाजाको माग बढी हुने गरेको भए पनि बाजा बजाउन सक्ने दक्ष जनशक्तिको भने अभाव रहँदै आएको छ । पञ्चेबाजा बजाउने सीपको पुस्तान्तरण नभएकाले पनि समस्या भएको हो ।

‘बाहिरबाट भित्र्याइएका अन्य खालका आधुनिक बाजाको प्रभावले हाम्रो मौलिकता हराएर जाने अवस्था पनि बढ्दै गएको छ’, नगरप्रमुख चिन्तनले भने, ‘परम्परागत समाजमा कुनै एक समुदायले मात्र पञ्चेबाजा बजाउँछन् भन्ने सोचको पनि परिवर्तन गर्दै सीप सबैले सिक्नुपर्छ र काम गर्नुपर्छ भन्ने सन्देश पनि यस खालको तालिमले दिएको छ ।’

तालिममा विभिन्न जातजाति र समुदायबाट प्रतिनिधित्व गर्ने महिलाको सहभागिता रहेको उनले जानकारी दिए । नगरपालिकाले ‘सीप सिकौँ र रोजगार बनौँ’ भन्ने नाराका साथ वडा नं ७ मा तालिम सञ्चालन गरेको हो । एक महिनासम्म सञ्चालन हुने नौमती पञ्चेबाजा बजाउने तालिममा २० महिलाको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  २ : ५६ बजे

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले

भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार

वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति

स्पेसएक्सको क्रु-१३ मिसन : अक्टोबर १ मा अन्तरिक्ष स्टेशनतर्फ उडान भर्ने

काठमाडौं । नासा र स्पेसएक्सले अक्टोबर १ बिहीबारका दिन क्रु-१३

ससुराको हत्या आरोपमा बुहारी पक्राउ

सुर्खेत । जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या गरेको आरोपमा बुहारी