लामो समयपछि वर्षा हुदाँ किसानलाई राहत « Khabarhub

लामो समयपछि वर्षा हुदाँ किसानलाई राहत


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

पर्वत– साढे सात महिना लामो अवधिपछि वर्षा भएपछि पर्वतका किसानलाई राहत मिलेको छ । लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली प्रभावित भएपछि निराश भएका किसान सोमबार दिउँसोदेखि वर्षा भएर किसान हर्षित बनेका हुन् ।

खेतबारीमा लगाएको गहुँ, तोरी, आलु फापर, जौ, तरकारीको उत्पादन न्यून हुँदा निराश बनेका किसान बर्खेबाली लगाउन पाउने भएपछि हर्षित बनेका छन् । वर्षा नहुँदा खेतबारीमा लगाएका मकै सुक्न थालेका थिए भने कोदो र धानको बीउ समेत उम्रिन पाएको थिएन ।

केन्द्र पर्वतले जनाएको छ । वर्षा भएपछि किसानलाई खेतबारी जोतखन गर्ने र बर्खे बाली लगाउन सहज भएको छ । वर्षा भएपछि किसान मकै गोडमेल गर्न व्यस्त हुन थालेका छन् ।

गएको असोज पहिलो साता परेको वर्षापछि कात्तिक, मङ्सिर, पुस, माघ, फागुन, चैत महिनाभर वर्षा नभएका कारण सिँचाइको सुविधा नभएका ठाउँमा गरिएको गहुँ, आलु, जौ, फापरलगायतको खेती भने राम्रोसँग फस्टाउन नपाएको वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीले बताए । पर्वतमा सिँचाइ सुविधा पुगेको झन्डै आठ हजार हेक्टरबाहेक अधिकांश स्थानका किसान भने वर्षाको भरमा निर्भर रहनुपर्ने बाध्यता छ ।

यसवर्ष खेतमा मकै लगाउन ढिला भएकाले अधिकांश किसानले बाँझै राखेको सापकोटाले बताए । ढिलोगरी वर्षा भए पनि बारीमा मकै लगाउन, लहरेबालीलगायत विभिन्न तरकारी र बर्खे आलुलगाउन भने सहज भएको किसानको भनाइ छ ।

हरेक वर्षको एकपटक हिउँ पर्ने पर्वतको बनौँ, लेखफाँट, शालिजा, पन्चासे क्षेत्रमा यसपटक भने हिउँ नपरेको जलजला–९ बनौका वडा अध्यक्ष गौबहादुर पुनले बताए ।

कृषि ज्ञान केन्द्रका अनुसार खडेरीका कारण हिउँदे खेती उत्पादनमा ४० प्रतिशतभन्दा बढीले कमी आएको छ । सबैभन्दा बढी तेलहन र गहुँ बाली प्रभावित भएको वरिष्ठ कृषि विकास अधिकृत अधिकारीले बताए । त्यसबाहेक फापर, जौ, आलुलगायत मौसमी तथा बेमौसमी तरकारीबाली समेत प्रभावित बनेको छ ।

वर्षा भएपछि वनजङ्गलमा लागिरहेको डढेलो पनि नियन्त्रणमा आएको छ भने प्रदूषण समेत क्रमशः घट्दै गएको डिभिजन वन कार्यालय पर्वतका प्रमुख झ्यामनारायण सापकोटाले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ३ : ०१ बजे

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा

भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा