उपेन्द्रले भने : विदेशमा रहेका बेला म विरुद्ध ठूलो राजनीतिक षड्यन्त्र गरियो « Khabarhub

उपेन्द्रले भने : विदेशमा रहेका बेला म विरुद्ध ठूलो राजनीतिक षड्यन्त्र गरियो

पार्टी फुटाउने निर्णयविरुद्ध सर्वोच्च जाने तयारी


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित गरिएपछि अध्यक्ष उपेन्द्र यादवले कानुनी चुनौती दिने भएका छन् ।

मंगलबार दिनभर पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा रणनीति निर्माणमा जुटेका उनले पार्टी विभाजन गर्ने अशोक राईसहितको निर्णयविरूद्ध सर्वोच्च अदालत जाने निर्णय लिएका हुन् ।

यादवले दिनभर जसपाका आफ्नो पक्षका नेता र सांसदहरूसँग अनौपचारिक छलफल गरे । संघीय परिषद् अध्यक्ष राईले सात सांसद र ३० जना केन्द्रीय सदस्यहरूसहित आइतबार जसपा फुटाएर नयाँ दल दर्ता गरिसकेका छन् ।

उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्रीसमेत रहेका यादव राष्ट्रसंघको कार्यक्रममा भाग लिन गएका बेला राईले पार्टी विभाजन गरिदिएपछि उनी तनावमा छन् ।

उनले पार्टीमा देखिएको संकटबारे आफू छलफलमा रहेको बताएका छन् । ‘अहिले म पार्टीका साथीहरूसँग छलफल गरिरहेको छु । उहाँहरूले सुझाव दिइरहनु भएको छ’, यादवले खबरहबलाई भने, ‘कानुनी प्रक्रिया पनि अगाडि बढ्छ । भोलि सबै कुरा फाइनल हुन्छ ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आफू मन्त्रीसमेत रहेकाले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेको बताए ।

‘म अहिलेको सरकारको मन्त्री पनि छु । उहाँ (प्रधानमन्त्री) ले मसँग पछिल्लो राजनीति घटनाबारे कुरा गर्नुभयो’, उनले खबरहबलाई भने ।

उनले आफू विदेश गएकाले बेला ठूलो राजनीतिक षड्यन्त्र भएको बताएका छन् । ‘साथीहरू किन बिदा भए, म पनि बुझ्दै छु’, उनले भने, ‘म बाहिर गएको बेलामा षड्यन्त्र गरियो, पार्टी फुटाइयो ।’

जसपाले पार्टी विभाजनपछिको अवस्थाबारे छलफल गर्न सोमबार नै केन्द्रीय कार्यकारिणी समिति र संसदीय दलको बैठक डाकेको थियो ।

तर सोमबार दिनभर अध्यक्ष यादवले आफूनिकट सांसद र नेताहरूसँग आन्तरिक छलफल गरे । त्यहीकारण केन्द्रीय कार्यकारिणी समिति र दलको बैठक अब बुधबार बिहान मात्रै बस्ने भएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ४ : ५४ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म