स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच स्वास्थ्य सेवामा विशेष छुट दिने सम्झौता | Khabarhub Khabarhub

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच स्वास्थ्य सेवामा विशेष छुट दिने सम्झौता


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई स्वस्तिक हेल्थकेयर सेन्टरमा स्वास्थ्य सम्बन्धी उपचारका लागि विशेष छुट दिने समझदारी भएको छ ।

स्वस्तिकको ताल्छिखेल, सातदोबाटो, ललितपुर केन्द्रमा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपीडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियो थेरापी लगायतका स्वास्थ्य सेवाहरूमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको हो ।

एक समारोहकाबीच स्वस्तिक हेल्थ केयर सेन्टर का अध्यक्ष डा. अमृशथापा र प्रभु बैंकका प्रमूख मार्केटिङ अफिसर रविन्द्र ढकालले समझदारीमा हस्ताक्षर गरेका हुन् ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभिलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने छ ।

स्वस्तिक हेल्थ केयर सेन्टरले छिट्टै आकस्मिक उपचार देखि सघन उपचारलगायतका स्वास्थ्य सेवाहरू उपलब्ध गराउने छ । स्वास्थ्यप्रति जागरुक नागरिककालागि यस हेल्थ केयर सेन्टरमा विभिन्न स्वास्थ्य परिक्षणका प्याकेजहरु मार्फत स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवामा १० देखि २५ प्रतिशतसम्मको छुटको व्यवस्था रहेको छ ।

हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकको नेपाल भर ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर सञ्चालन गर्दै आएकाे छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ६ : ०३ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस