राष्ट्रिय सुरक्षा नीतिलाई सबैले गम्भीरतापूर्वक लिनुपर्‍यो : रक्षामन्त्री « Khabarhub

राष्ट्रिय सुरक्षा नीतिलाई सबैले गम्भीरतापूर्वक लिनुपर्‍यो : रक्षामन्त्री


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय सुरक्षा नीतिलाई राजनीतिक नेतृत्वलगायत सबैले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री उप्रेतीले सुरक्षा बहु आयामिक र अन्तर निकाय सम्बन्धित भएको भन्दै सुदृढ राष्ट्रिय सुरक्षाका लागि राज्यका निकायबीच समन्वय, साझा बुझाइ र अवधारणा हुनुपर्ने बताएका हुन्। अहिले मुलुकको राष्ट्रिय सुरक्षाको अवस्था केही कमजोर भएजस्तो देखिएको उनले बताए ।

उनले राष्ट्रिय सुरक्षा नीति २०७५ सरकारको मूल नीति भएकाले सबै मन्त्रालय र निकायले यसलाई मूल नीति बनाएर कार्य गर्न जरुरी रहेको बताए । उनले जुनसुकै राजनीतिक दल र विचार धारा बोक्ने व्यक्ति भए पनि राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितमा एकैसाथ उभिनुपर्नेमा जोड दिए ।

मन्त्री उप्रेतीले मुलुकको अस्मिता र अस्तित्वको रक्षा गर्ने दायित्वमा मन्त्रालय प्रतिबद्ध रहेको धारणा राखे ।

त्यस्तै प्रधानसेनापति प्रभुराम शर्माले शक्ति राष्ट्रबीचको बदलिँदो परिस्थितिले नेपाललाई प्रत्यक्ष वा अप्रत्यक्ष असर गरिरहेको बताए ।

अहिले नयाँ खाले शीतयुद्ध सुरु हुन लागेको आभास पनि भएको उनले बताए । प्रधानसेनापति शर्माले राष्ट्रिय राजनीति सधैँ तरलरुपमा हुने भएकाले यसप्रति सेना सधैँ चनाखो भएर रहने धारणा राखे । संघ र प्रदेश सरकारको स्थायित्वले राष्ट्रिय सुरक्षा स्थितिमा सकारात्मक प्रभाव पर्ने उनले बताए । उनले चीन, भारत, इयु र अमेरिकालाई पनि साथमा लिएर देशको हितमा काम गर्न सक्नुपर्ने उल्लेख गरे ।

त्यस्तै तराई मधेश द्रुतमार्ग सडक आयोजनाका प्रमुख सहायकरथी विकास पोखरेलले आयोजनाको हालसम्म भौतिक प्रगति ३३ दशमलव २० प्रतिशत रहेको जानकारी दिए । उनले २०८३ को अन्त्यसम्ममा पूरा गर्ने लक्ष्यकासाथ सेनाको व्यवस्थापनमा अघि बढेको आयोजनाको सुरुङ र पुल निर्माण कार्यसमेत लक्ष्यअनुरूप अघि बढिरहेको जानकारी दिए ।

त्यस्तै सेनाले उक्त आयोजनाका पाँच वटा सुरुङ यसै आर्थिक वर्षको अन्त्यसम्म छिचोलिसक्ने गरी काम भइरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ६ : ५५ बजे

बस्ती जोगाउन तटबन्ध निर्माण

पाँचथर– पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमास्थित हेंवा खोला

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सेमिफाइनलमा प्रतिष्ठाको लडाइँ : सुपर कम्प्युटर भन्छ फ्रान्स बलियो, हेड-टु-हेडमा स्पेन अगाडि

काठमाडौँ – फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा मंगलबार दुई युरोपेली

इरानमाथि अमेरिकी आक्रमण तीव्र, हर्मुज मार्ग नियन्त्रणमा लिने ट्रम्पको दाबी

वासिङ्टन– अमेरिकी सेनाले इरानका विभिन्न सैन्य ठेगानालाई लक्षित गरी लगातार

कुशल भुर्तेलको शतकमा जर्सीविरुद्ध नेपाल ८१ रनले विजयी

काठमाडौँ – कुशल भुर्तेलको शतकीय इनिङ्स र हेमन्त धामीको धारिलो