अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिका पठाइदिने प्रलोभनमा एक करोड १८ लाख ५९ हजार रुपैयाँ ठगी गरेको आरोपमा कैलाली गौरीगंगा नपा–२ का  ४१ वर्षीय तेजराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान  कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार ललितपुरको झम्सिखेलबाट पक्राउ गरेको हो ।  अमेरिका पठाउने प्रलोभनमा महेन्द्र रावलबाट २८ लाख ५९ हजार, श्रीधर केसीबाट २७ लाख, टिका खड्काबाट २३ लाख र रामबहादुर वलीबाट ४० लाख रुपैयाँ लिई फरार भएका थिए ।

प्रहरीका अनुसार उनले पीडितलाई अमेरिका लैजाने प्रलोभनमा ब्राजिलको नक्कली वर्किङ भिसा लगाई दिएका थिए। सोही भिसा प्रयोग गरी पीडितलाई फिलिपिन्स लगी बन्धक बनाएका थिए।

नक्कली भिसा रहेको खुलेपछि पीडितलाई फिलिपिन्स सरकारले नेपाल फर्काइ दिएको थियो। नेपाल आएका उनीहरूलाई  चौधरीसहितको गिरोहले पुनः अमेरिका लैजाने प्रलोभन दिएका थिए।

प्रहरीका अनुसार चौधरीसहितको गिरोहले उनीहरूलाई भारतको दिल्ली लगी बन्धक बनाएका थिए। उनीहरूलाई भारतीय नागरिक प्रयोग गरी सात दिनसम्म होटल बाहिर निस्कन रोक लगाएका थिए। त्यसपछि पीडितसँग चौधरीसहितको समूहले पुनः ३९ लाख रुपैयाँ असुल गरेका थिए। त्यसपछि मुक्त भएका उनीहरू नेपाल फर्किएका थिए।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ८ : १२ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२