टी-२० विश्वकप : सुपर ओभरमा अमेरिकाले पाकिस्तानलाई हरायो « Khabarhub

टी-२० विश्वकप : सुपर ओभरमा अमेरिकाले पाकिस्तानलाई हरायो


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी टी-२० विश्वकपमा अमेरिकाले पाकिस्तानलाई पराजित गरेको छ। समूह ‘ए’मा रहेको अमेरिकाले बिहीबार राति पाकिस्तानमाथि ऐतिहासिक जित निकालेको हो। सुपर ओभरमा गएको खेलमा अमेरिकाले ५ रनको सनसनीपूर्ण जित दर्ता गरेको हो।

पहिले ब्याटिङ गरेको अमेरिकाले १८ रन बनाएको थियो। एरोन जोन्सले ११ रन बनाउँदा मोहम्मद आमिरले अतिरिक्त ७ रन उपहार दिएका थिए। सुपर ओभरमा जवाफी ब्याटिङ गरेको पाकिस्तान एक विकेट गुमाएर १३ रनमा समेटिएको हो।

विश्वकपमा पहिलो पटक सहभागिता जनाएको अमेरिकाको यो जित ऐतिहासिक बनेको छ। आयोजक राष्ट्रको हिसाबले विश्वकपमा सहभागिता जनाएको अमेरिकाले यो जितसँगै विश्व क्रिकेटमा तहल्का पिटेको छ। पाकिस्तान टी-२० विश्वकपको पूर्व विजेतासमेत टिम हो। उसलेले सन् २००९ मा सम्पन्न टी-२० विश्वकपको दोस्रो संस्करणको उपाधि जितेको थियो। विश्वकपमा एसोसिएट्स सदस्य राष्ट्रले टेस्ट राष्ट्रलाई हराएको यो पहिलो पटक हो। यो जितसँगै अमेरिकाको क्रिकेटमा विश्वले ध्यान दिने देखिएको छ।

विश्वकपमा पहिलो हारसँगै पाकिस्तान अंकबिहीन बनेको छ। अमेरिका दोस्रो जितसँगै चार अंकका साथ समूह ‘ए’को शीर्ष स्थानमा छ। अमेरिकाले पहिलो खेलमा क्यानडालाई सात विकेटले हराएको थियो।

जारी विश्वकपमा सुपर ओभरमा गएको यो दोस्रो खेल हो । यसअघि समूह ‘बी’ को एक खेलमा नामिबियाले ओमानमाथि सुपर ओभरमा जित निकालेको थियो ।

बिहीबार राति भएको खेलमा सुरुमा ब्याटिङ गरेको पाकिस्तानले ७ विकेटको क्षतिमा १५९ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको अमेरिकालेसमेत ३ विकेटको क्षतिमा १५९ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो।

बिहीबारको खेलमा अमेरिकाका लागि कप्तान मोनांक पटेलले अर्धशतक बनाए। ३८ बलको सामना गर्दै उनले ७ चौका र १ छक्का प्रहार गर्दै ५० रन बनाएका हुन्।

पहिलो खेलमा क्यानडाविरुद्ध ४० बलमा ९४ रन बनाएर चर्चामा रहेका एरोन जोन्सले नटआउट २६ बलमा ३६ रन जोडे। उनले दुई चौका र दुई छक्का प्रहार गरे। एन्ड्रियस गाउसले २६ बलमा ३५ रन प्रहार गर्दा नितिश कुमारले १४ बलमा १४ रन जोड्दै पाकिस्तानसँग अमेरिकाले समान स्कोर बनाएको हो। पाकिस्तानका लागि मोहम्मद आमिर, नसिम शाह र ह्यारिस राउफले एकएक विकेट लिए।

सुरुमा ब्याटिङ गरेको पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ४४ रन जोडेका थिए। उनले ४३ बलमा तीन चौका र दुई छक्का प्रहार गरे। सदाब खानले २५ बलमा ४० रन बनाए। उनले एक चौका र तीन छक्का प्रहार गरेका थिए। शाहिन शाह अफ्रिदीले १६ बलमा २३ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

अमेरिकाका लागि नोस्थुस केन्जिंगेले तीन विकेट हात पार्दा सौरभ नेत्रभाल्करले दुई विकेट लिए। अली खान र जस्दीप सिंहले भने समान एकएक विकेट हात पारे।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  ५ : ४० बजे

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्टले लिए शपथ (तस्बिरहरू)

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका

इन्डोनेसियाले ७५० सरकारी कम्पनी बन्द गर्ने

जकार्ता- इन्डोनेसियाले घाटामा रहेका र उत्पादकत्व न्यून भएका ७५० भन्दा

मन्त्री मेहतासँग युएनएफपिएका प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या

‘विगतमा कम विकास भएका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्छौँ’

सुदूरपश्चिम– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विगतमा कम विकास भएका

अब कर्मचारीले वैदेशिक भ्रमण गर्नुपूर्व प्रधानमन्त्री कार्यालयको स्वीकृति लिनुपर्ने

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई