टी-२० विश्वकप : स्कटल्याण्डसँग नामिबिया ५ विकेटले पराजित « Khabarhub

टी-२० विश्वकप : स्कटल्याण्डसँग नामिबिया ५ विकेटले पराजित


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसिसी टी-२० विश्वकप अन्तर्गत गएराति भएको खेलमा स्कटल्यान्डसँग नामिबिया ५ विकेटले पराजित भएको छ।

टस जितेर सुरुमा ब्याटिङ गरेको नामिबियाले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १५५ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको स्कटल्याण्डले १८.३ ओभरमा ५ विकेटको क्षतिमा १५७ रन बनाउँदै शानदार जित निकालेको हो।

सुरुमा ब्याटिङ गरेको नामिबियाका लागि कप्तान गिरहार्ड इरासमुसले अर्धशतकीय इनिङ खेले। ३१ बलको सामना गरेका उनले ५ चौका र दुई छक्काको मद्दतमा ५२ रन बनाएका हुन्। जेन ग्रीनले २८ रन बनाउँदा निकोलास डेभिनले २० रन जोडेका थिए। अन्य ब्याट्सम्यानले भने उल्लेख्य रन जोड्न सकेनन्।

नामिबियालाई सस्तैमा समेट्न स्कटल्यान्डका ब्राड व्हीलले तीन विकेट हात पार्दा ब्राड करीले दुई विकेट लिए। क्रिस सोल, क्रिस ग्रिब्स र माइकल लिस्कले समान एकएक विकेट हात पारे।

१५६ रनको लक्ष्य पाएको स्कटल्याण्डले गरेको जवाफी ब्याटिङमा कप्तान रिची बेरिंगटनले नटआउट ३५ बलमा सर्वाधिक ४७ रन बनाए। माइकल लिस्क ३५, माइकल जोन्स २६, ब्रान्डन एमसीमुलिनले १९ रन जोडेका थिए।
नामिबियाका लागि गेर्हार्ड इरास्मसले दुई विकेट लिँदा बर्नार्ड इस्सोटेज, टांगेनी लुंगामेनी र रुबेन ट्रम्पलम्यानले समान एकएक विकेट हात पारे।

यो जितसँगै दुई खेल खेलेको स्कटल्यान्ड तीन अंकसहित समूह ‘बी’को शीर्ष स्थानमा छ। यो नामिबिया भने २ अंकसहित तालिकाको तेस्रो स्थानमा छ। समूह ‘बी’मा स्कटलयान्ड, अस्ट्रेलिया, इंग्ल्यान्ड, नामिबिया र ओमान छन्।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  ६ : ४३ बजे

निर्वाचनको वातावरण सकारात्मक र शान्तिपूर्ण छ : पर्यवेक्षक संस्थाहरू

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका चारवटा पर्यवेक्षक संस्थाले सम्पूर्ण तयारी

पञ्चकन्या माविमा हस्तकला प्रतियोगिता

टक्सार– स्थानीय विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँ

इरानको बालिका विद्यालयमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या ४० पुग्यो

काठमाडौं- इरानको बालिका विद्यालयमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या

मध्यपूर्वको तनावले ओली चिन्तित

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वमा

काठमाडौं–२ का मतदाताका मुद्दा : भ्रष्टाचार नियन्त्रण र रोजगारी

काठमाडौं– आज बिदाको दिन, कागेश्वरी मनोहरा नगरपालिकाको भवन अगाडिको बिसौनीमा