गाउँपालिका अध्यक्षमा पराजित भएका सिंह मधेश प्रदेशका मुख्यमन्त्रीमा नियुक्त | Khabarhub Khabarhub

गाउँपालिका अध्यक्षमा पराजित भएका सिंह मधेश प्रदेशका मुख्यमन्त्रीमा नियुक्त


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15.8k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – जनमत पार्टीका प्रदेशसभा सदस्य सतिशकुमार सिँह मधेश प्रदेशका मुख्यमन्त्रीमा नियुक्त भएका छन् । 

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने बहुमत सदस्यको समर्थन दाबी पेश  गरेपछि सिंहलाई  मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

जसपा नेपालको संसदीय दलका नेता सरोजकुमार यादवले मुख्यमन्त्रीका रूपमा प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि बुधबार प्रदेश प्रमुख सुवेदीले शुक्रबार १० बजेको समय सीमा तोकी संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री नियुक्ति प्रयोजनका आह्वान गरेकी थिइन् । 

सिंहको नेतृत्वमा सरकार गठनका लागि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, रिजवान अन्सारी नेतृत्वको संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका ५५ सदस्यको समर्थनसहित आजै बिहान दाबी पेस गरिएको छ । 

को हुन नवनियुक्त मुख्यमन्त्री सिंह ?
मुख्यमन्त्रीमा नियुक्त सतिश सिंह सप्तरी २ को (१) बाट प्रदेशसभा निर्वाचित भएका हुन् । उनी २०७५ को स्थानीय तह निर्वाचनमा सप्तरीको तिलाठी कोइलाडीका गाउँपालिकाका अध्यक्ष निर्वाचित भएका थिए । त्यसपछि २०७९ मा भएको स्थानीय तह निर्वाचनमा सोही गाउँपालिका अध्यक्षमा पराजित भएपछि सोही वर्षको आम निर्वाचनमा जनमतको उम्मेदवार भई प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । 

भारतीय राज्य झारखण्डस्थित राँचीको बिआइटी मिश्राबाट सूचना प्रविधिमा स्नातकोत्तर सिंह मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनी लोसपाका नेता एवम् राष्ट्रियसभा सांसद शेखर सिंहका माइला पुत्र हुन् ।  

सिंहले आजै १२ बजे मुख्यमन्त्रीको रूपमा सपथ ग्रहण गर्ने छन् । उनको नेतृत्वमा बन्ने सरकारमा एमाले भौतिक, शिक्षा, स्वास्थ्य र खेलकुद तथा समाज कल्याण, माओवादी केन्द्रलाई अर्थ र पर्यटन नेकपा एसलाई कृषि, उर्जा तथा सिंचाइ, १-१ सिटको नेपाल समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानुन र नागरिक उनमुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको  छ ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  १२ : १० बजे

‘भिजिट भिसा’ समस्या २०६४ सालदेखिकै हाे : प्रचण्ड

चितवन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’

सुन तोलामा २५ सय रुपैयाँले घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा २५ सय रुपैयाँले

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल

बैतडीको सुर्नयामा ठेउलाबाट बालबालिका प्रभावित

बैतडी– सुर्नया गाउँपालिकाको वडा ७ र ८मा ठेउला सङ्क्रमण फैलिदा

वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध

काठमाडौं– वर्षापछिको बाढीपहिरोका कारण मंगलबार विभिन्न राजमार्गका ६ स्थानमा सडक