रविलाई सम्भवको गम्भीर आरोप : सहकारी ठगीको समाचार रोक्न नमान्दा बुवालाई पक्राउ गराए | Khabarhub Khabarhub

रविलाई सम्भवको गम्भीर आरोप : सहकारी ठगीको समाचार रोक्न नमान्दा बुवालाई पक्राउ गराए


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले सहकारी ठगीसम्बन्धी समाचार रोक्न नमान्दा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुवा कैलाश सिरोहियालाई पक्राउ गराएको आरोप लगाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले सहकारी घोटालाको समाचार लुकाउन आफूहरूलाई गरेको धेरैपटकको आग्रहलाई अस्वीकार गर्दा कान्तिपुर मिडिया ग्रुपका अध्यक्षसमेत रहेका सिरोहियालाई नागरिकता कसुरमा पक्राउ गरिएको जिकिर सम्भवले गरेका हुन् ।

नेपाल प्रहरीको उपत्यका अनुसन्धान कार्यालयले जिल्ला अदालत धनुषा दिएको अनुमतिका आधारमा गत जेठ ८ गते सिरोहियालाई कान्तिपुरको थापाथलीस्थित कार्यालयबाटै पक्राउ गरेको थियो । उनी धनुषा प्रहरीमा चार दिन, जनकपुरस्थित काब्या अस्पतालमा तीन दिन र मेडिसिटी अस्पताल ललितपुरमा २ दिन बसेर जेठ १६ गते रिहा भइसकेका छन् ।

सम्भवले सहकारी घोटाला जनतामाझ ल्याउने क्रममा गृहमन्त्री लामिछानेले धेरै ‘रिक्वेस्ट’ गरेर समाचार लुकाइदिन भनेको पनि जिकिर गरेका छन् ।

उनले उक्त समाचार नलेखेर आफ्नो आग्रह अनुसार मिलाइदिन रविले गरेको आग्रह नमानेपछि प्रतिशोध साँधेर मन्त्री पद दुरुपयोग गरेर आफ्ना बुवालाई पक्राउ गराएको दाबी गरेका छन् ।

‘हामीले कहिल्यै कान्तिपुरलाई व्यापारका रुपमा हेरेनौँ । माओवादी, एमाले, कांग्रेस, राप्रपा कुनै पनि दलका र भ्रष्टाचारविरुद्ध कान्तिपुरले जहिले पनि स्ट्यान्ड लिएको छ, लिइराख्ने छ,’ उनले भनेका छन्, ‘यसैगरी आज एउटा अर्को नयाँ दलको भ्रष्टाचार देखिँदा कान्तिपुरले लुकाउन सक्दैन । सत्यलाई जनतामाझ लिएर आउनुपर्छ । यसपाली गृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेको सहकारी घोटाला जनतामाझ ल्याउने क्रममा उहाँले धेरै ‘रिक्वेस्ट’ गर्नुभयो। समाचार लुकाइदिन र मिलाइदिन भन्नु भयो । उहाँले आफूले गरेको पत्रकारिता जस्तै सोच्नुभयो । सेटिङ गरेर समाचार बन्छ वा लुक्छ भन्ने सोच्नुभयो । उहाँलाई कति बुझाउन खोजियो व्यवस्थापनले समाचार लेख्दैन र कान्तिपुरमा सम्पादकीय समूह स्वतन्त्र छ । उहाँले यो कुरा बुझ्न सक्दै सक्नुभएन ।’

सम्भवले गृहमन्त्रीको अनुरोध नमानेकै कारण बुवा पक्राउ परेको दाबी गरेका छन् । ‘गृहमन्त्रीको ‘रिक्वेस्ट’मा कान्तिपुरले सेटिङ गरेन । अनि उहाँ तल्लोस्तरमा उत्रिनुभयो । पदको दुरुपयोग गरेर झुटो मुद्दामा कान्तिपुरका अध्यक्ष एवम् मेरो बुवा कैलाश सिरोहियालाई पक्राउनु भयो ।’

जिल्ला अदालत धनुषाको अनुमतिपछि जिल्ला प्रहरी कार्यालयले पठाएको पत्रका आधारमा पक्राउ परेका सिरोहिया ९ दिन हिरासत र अस्पतालमा बसेर हाजिरी जमानीमा छुटिसकेका छन् ।

तर उनीविरुद्ध नागरिकता कसुरसम्बन्धी मुद्दा जिल्ला अदालत धनुषामा विचाराधीन छ । कैलाशविरूद्धको मुद्दा विचाराधीन रहेको अवस्थामा मुद्दाको एउटा पक्षलाई गम्भीर आरोप लगाउँदै सम्भवले यो भिडियो सार्वजनिक गरेपछि पक्ष-विपक्षमा फेरि बहस सुरु भएको छ ।

 

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  १२ : ३० बजे

जेन-जी आन्दोलनपछि बदलिएका काठमाडौंका पर्खाल र भित्ताहरू (फोटो फिचर)

काठमाडौं– गत भदौ २३ र २४ गते देशव्यापी रुपमा नयाँ

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै

बाँके– बाँकेको राप्तीसोनारी–४ स्थित चुरे पहाडमा रहेको ‘बर्फानी बाबा’ मन्दिर

साउदी प्रो लिग : अल नासरको लगातार आठौं जितमा रोनाल्डोको कीर्तिमान

काठमाडौं – साउदी प्रो लिगमा अल नासरले लगातार आठौं जित

मन्त्रालयले गरिरहेका सबै काम भन्न मिल्दैन : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले गृहमन्त्रालय संवेदनशील मन्त्रालय भएकाले यहाँबाट भइरहेका

पर्यटन प्रवर्द्धन गर्न इच्छाकामनामा पञ्चमी मेला आयोजना

चितवन– पर्यटन प्रवर्द्धनका लागि चितवनको इच्छाकामना–५ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल