अर्कैसँग लागेको रिसमा छोडपत्र गरिसकेकी श्रीमतीको हत्या | Khabarhub Khabarhub

अर्कैसँग लागेको रिसमा छोडपत्र गरिसकेकी श्रीमतीको हत्या

शान्ति मिसनबाट फर्किएका अमल्दारले अर्का सेनालाई पनि खुकुरी हाने


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15.9k
Shares
  • change font
  • change font
  • change font

दाङ – कानुनी रुपमा छोडपत्र गर्ने सहमति गरेको ११ दिनपछि नेपाली सेनाका एजकना अमलदारले श्रीमतीको हत्या गरेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–६ सुकौरा रोडमा ३६ वर्षीय शालिकराम बुढाथोकीले २७ वर्षीया श्रीमती टीका बुढाथोकी खुकुरी प्रहार गरी शुक्रबार बिहान ८ बजे हत्या गरेका हुन् ।

गत जेठ १४ गते यी दुईजनाबीच छोडपत्रको सहमतिमा हस्ताक्षर भएको थियो । तर आर्थिक लेनदेन मिलाउन बाँकी थियो । त्यही लेनदेन मिलाउन भन्दै शालिकराम शुक्रबार बिहान टीकाको कोठामा पुगेका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश थापाका अनुसार टीकाको कोठामा बाँकी लेनदेन मिलाउन पुगेका शालिकरामले त्यहीँ झगडा झिकेका थिए । झगडा परेपछि टीका ज्यान जोगाउन भागेर छिमेकीको कौसीमा चढेकी थिइन् ।

भर्खरै शान्ति सेनाबाट आएका शालिकरामले छिमेकीको त्यही कौसीमा चढेर टीकामाथि खुकुरी बर्साएका थिए ।

प्रहरीका अनुसार शालिकराम शान्तिसेनामा गएपछि टीका नेपाली सेनाकै अर्का जवानसँगको उठबसमा थिइन् । त्यहीकारण शालिकराम र टीकाबीच जेठ १४ गते छोडपत्र भएर अलग्गिएका थिए ।

तर, शान्ति सेनाबाट आउँदा श्रीमती अर्कैसँग लागेको पाइएपछि शालिकराम आक्रोशित थिए । छोडपत्र गरे पनि उनी टीकासँग बदला लिने योजनामा थिए । शान्तिसेनाबाट आउँदा श्रीमती अर्कैसँग लागेको थाहा पाएपछि शालिकरामले छोडपत्र गरेर पनि ज्यान लिएको हुन सक्ने प्रहरी निरीक्षक थापाले बताए ।

प्रहरीका अनुसार खुकुरी प्रहारबाट गम्भीर घाइते भएर ढलेकी टीकालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो। तर उनले बिहान ९ बजे दम तोडिन् ।

छोडपत्र गरिसकेकी श्रीमतीको ज्यान लिएका शालिकरामलाई प्रहरीले तत्कालै पक्राउ गरिसकेको छ ।

शालिकराम सल्यानको कपुरकोट-६ निवासी हुन् । उनी अहिले सेनाको ज्वालदल गण बारामा कार्यरत थिए ।

शालिकरामकी श्रीमती टीका पछिल्लो समय नेपाली सेनाकै अर्का जवान आर्यन थापासँगको सम्बन्धमा थिइन् । टीका र आर्यन सँगै बस्ने गरेको पनि खुलेको छ । टीकासँगको सम्बन्धमा रहेका आर्यनलाई पनि शालिकरामले खुकुरी हानेका छन् ।

खुकुरी प्रहारबाट थापाको गर्धन र टाउकोमा गम्भीर चोट लागेको छ । उनको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार हुँदै छ ।

शालिकराम र टीकाबीच छोडपत्र भएपछि आर्यन बिहेको तयारीमा थिए । टीकासँग आफू सँगै बस्दै आएको बयान पनि आर्यनले प्रहरीलाई दिएका छन् ।

अछाम घर भएका आर्यन नेपाली सेनाको तुलसीपुरस्थित १९ नम्बर बाहिनीका सिपाही हुन् । आफ्नी श्रीमती अरुसँग लागेको देखिसकेपछि शालिकराम तनावमा थिए । प्रहरीका अनुसार यो घटनाको मुख्य कारण यही हो ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  १ : ०५ बजे

धरौटी बुझाएर रिहा भए दुर्गा प्रसाईं

काठमाडौं – उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं

पछिल्लो २४ घण्टामा रौतहटमा सबैभन्दा बढी वर्षा

काठमाडौं – पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा रौतहटमा भएको

तनहुँमा दुई जना मृत फेला, एकको दुर्घटनामा ज्यान गयो

तनहुँ – जिल्लाका छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका

दुर्गा प्रसाईंलाई स्वागत गर्न डिल्लीबजार पुगे कांग्रेस सांसद सुनील शर्मा

काठमाडौं – उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश दिएसँगै

उच्चको आदेशमा रिहा भएपछि प्रसाईं भन्छन्: देशकै लागि थिएँ, छु र रहिरहनेछु

काठमाडौं – व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाई उच्च अदालतको