शिक्षामन्त्री सुमनाबारे केपी ओलीको जवाफ : कसैप्रति लक्षित थिएन, न नाम मिलेको छ न ठेगाना « Khabarhub

शिक्षामन्त्री सुमनाबारे केपी ओलीको जवाफ : कसैप्रति लक्षित थिएन, न नाम मिलेको छ न ठेगाना


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई लक्षित गरी केही दिनअघि दिएको अभिव्यक्तिबारे स्पष्टीकरण दिएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँगको सवाल-जवाफका क्रममा ओलीले उक्त अभिव्यक्ति कसैप्रति लक्षित नरहेको बताएका हुन् ।

ओलीले आफ्नो उक्त भनाइ अनावश्यक रुपमा शिक्षा मन्त्री समुना श्रेष्ठसँग जोडिएको पनि जवाफ दिएका छन् ।

‘त्यो मेरो भनाइ कसैसँग सम्बन्धित र लक्षित थिएन, संयोगवश कसैसँग नाम, ठेगाना मिलेजस्तो मलाई लाग्दैन’, उनले भने, ‘मेरो उक्त भनाइलाई अनावश्यक रुपमा कसैसँग जोड्नु नै गलत हो, कसैले आफूलक्षित ठानेर बुझ्नु पनि व्यर्थ छ ।’

ओलीले एक अनौपाचारिक कुराकानीका क्रममा शिक्षा मन्त्री श्रेष्ठप्रति लक्षित गर्दै विदेशीसँग बिहे गरेर नेपाल घुम्न आउँदा मन्त्री बनेको बताएका थिए ।

अनौपचारिक संवादका क्रममा दिएको उक्त अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल बनाइएको थियो । उक्त भनाइलाई लिएर मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत् प्रतिवाद गर्दै ओ‌लीलाई घेर्ने कोसिस गरेकी थिइन् ।

ओलीको उक्त भनाइलाई लिएर नाम उच्चरण नगरी शिक्षामन्त्री श्रेष्ठले महिलालाई हेर्ने मानसिकतामा अझै समस्या रहेको बताएकी थिइन् । ओलीको उक्त अभिव्यक्तिले संसद्‍मा पनि प्रवेश पाएको थियो। रास्वपा सांसद शिशिर खनालले प्रतिनिधि सभा बैठकमा ओ‌लीको उक्त भनाइबारे प्रतिवाद गरेका थिए ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  १ : ५६ बजे

मेची-महाकाली उद्धार यात्राबाट ४८ सडकआश्रित मानव उद्धार

धरान– मानवसेवा आश्रम तथा आनी छोइङ डोल्मा फाउन्डेसनद्वारा संयुक्त रूपमा

अन्तर्राष्ट्रिय परिवार दिवस आज मनाइँदै

काठमाडौं– दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं–  स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ । सुन

पाकिस्तानको खैबर पख्तुनख्वामा आत्मघाती हमला, ९ सुरक्षाकर्मीको मृत्यु, २१ घाइते

एजेन्सी– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्काउट्स क्याम्पमा भएको आत्मघाती आक्रमणमा

रास्वपा सभापतिमा रवि नै दोहोरिने सम्भावना छ : कविन्द्र बुर्लाकोटी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने