शिक्षामन्त्री सुमनाबारे केपी ओलीको जवाफ : कसैप्रति लक्षित थिएन, न नाम मिलेको छ न ठेगाना « Khabarhub

शिक्षामन्त्री सुमनाबारे केपी ओलीको जवाफ : कसैप्रति लक्षित थिएन, न नाम मिलेको छ न ठेगाना


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई लक्षित गरी केही दिनअघि दिएको अभिव्यक्तिबारे स्पष्टीकरण दिएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँगको सवाल-जवाफका क्रममा ओलीले उक्त अभिव्यक्ति कसैप्रति लक्षित नरहेको बताएका हुन् ।

ओलीले आफ्नो उक्त भनाइ अनावश्यक रुपमा शिक्षा मन्त्री समुना श्रेष्ठसँग जोडिएको पनि जवाफ दिएका छन् ।

‘त्यो मेरो भनाइ कसैसँग सम्बन्धित र लक्षित थिएन, संयोगवश कसैसँग नाम, ठेगाना मिलेजस्तो मलाई लाग्दैन’, उनले भने, ‘मेरो उक्त भनाइलाई अनावश्यक रुपमा कसैसँग जोड्नु नै गलत हो, कसैले आफूलक्षित ठानेर बुझ्नु पनि व्यर्थ छ ।’

ओलीले एक अनौपाचारिक कुराकानीका क्रममा शिक्षा मन्त्री श्रेष्ठप्रति लक्षित गर्दै विदेशीसँग बिहे गरेर नेपाल घुम्न आउँदा मन्त्री बनेको बताएका थिए ।

अनौपचारिक संवादका क्रममा दिएको उक्त अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल बनाइएको थियो । उक्त भनाइलाई लिएर मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत् प्रतिवाद गर्दै ओ‌लीलाई घेर्ने कोसिस गरेकी थिइन् ।

ओलीको उक्त भनाइलाई लिएर नाम उच्चरण नगरी शिक्षामन्त्री श्रेष्ठले महिलालाई हेर्ने मानसिकतामा अझै समस्या रहेको बताएकी थिइन् । ओलीको उक्त अभिव्यक्तिले संसद्‍मा पनि प्रवेश पाएको थियो। रास्वपा सांसद शिशिर खनालले प्रतिनिधि सभा बैठकमा ओ‌लीको उक्त भनाइबारे प्रतिवाद गरेका थिए ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  १ : ५६ बजे

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०

विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित

काठमाडौं – आइसिसी टी-२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम