मन्त्री शर्माको तर्क- निर्वाचन प्रणालीका कारण संघमा राजनीतिक स्थिरता हुन सकेन « Khabarhub

मन्त्री शर्माको तर्क- निर्वाचन प्रणालीका कारण संघमा राजनीतिक स्थिरता हुन सकेन


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको निर्वाचन प्रणालीका कारण संघमा राजनीतिक स्थिरता कायम हुन नसकेको बताइन् ।

शुक्रबार काठमाडौंमा डिजिटल नेपाल कन्क्लेभअन्तर्गतको पावर संवाद सत्रमा उनले मुलुकको संवैधानिक व्यवस्था, निर्वाचन प्रणालीका कारण संघमा पटक पटक सरकार परिवर्तन हुने अवस्था आएको र राजनीतिक स्थिरता कायम हुन नसकेको बताएकी हुन् ।

कुनै पनि एउटा पार्टीको बहुमत नभएको अवस्थामा मिलेर सरकार बनाउनुपर्ने अवस्था रहेकाले यही विषयलाई अन्यथा रूपमा बुझ्न नहुने उनको भनाइ छ ।

मन्त्री शर्माले केन्द्रको सरकार सुशासनको पक्षमा दृढताका साथ उभिएको भन्दै मुलुकको परिवर्तनप्रति सकारात्मक भाष्य सिर्जना गर्न सफल भएको दाबी गरिन् ।

त्यस्तै उनले आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकता दिई सूचना प्रविधि दशक घोषणा गरिएको बताइन् ।

मन्त्री शर्माले आइटी दशकको अवधिमा आइटी क्षेत्रमा पाँच लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गरिने जानकारी दिइन् । सूचना प्रविधि क्षेत्रको विकासका लागि कानूनी व्यवधान रहेको महसुस गरी सरकारले नीतिगत तथा कानूनी सुधार गर्न लागेको मन्त्री शर्माको भनाइ छ ।

उनले सरकार डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमार्फत आम नागरिकको जीवनस्तर उकास्ने र आर्थिक समृद्धि हासिल गर्ने अभियानमा केन्द्रित रहेको पनि बताइन् ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  २ : ३७ बजे

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी

रूपपुर आणविक इन्धन ढुवानीमा पाकिस्तानले अनुमति नदिँदा अवरोध

ढाका- बङ्गलादेशको रूपपुर आणविक ऊर्जा केन्द्रका लागि युरेनियम इन्धन बोकेको विमानलाई

बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न बागमतीका मुख्यमन्त्रीको निर्देशन

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले चालु आर्थिक वर्षको नीति, कार्यक्रम

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र