वाग्मती प्रदेशमा विविध विपद्बाट ६१ जनाको मृत्यु « Khabarhub

वाग्मती प्रदेशमा विविध विपद्बाट ६१ जनाको मृत्यु


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनहरी– पछिल्लो एक वर्षको अवधिमा वाग्मती प्रदेशमा विपद्का विभिन्न घटनामा परी ६१ जनाको मृत्यु भएको छ ।  गत वर्षको जेठदेखि हालसम्म प्रदेशमा भएका आठ सय ३६ विपद्का घटनामा ६१ जनाको मृत्यु भएको हो ।

सो अवधिमा ६१ को मृत्यु, एक सय ७७ जना घाइते हुनुका साथै तीन जना बेपत्ता भएका प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत रविता कार्कीले जानकारी दिइन् ।

उनले सोही अवधिमा भएका घटनामा करिब रु ५१ करोडका साथै एक सय ७८ पूर्वाधारको क्षति भएको बताइन्  ।

विपद्मा परेर छ सय ३१ पशुचौपाया मरेका मन्त्रालयले जनाएको छ । ‘प्रदेशमा चार सय ९७ आगलागीका घटना, एक सय २३ स्थानमा वन डढेलो, एक सय ९८ स्थानमा पहिरो गएका छन्’, अधिकृत कार्कीले भनिन्, ‘४२ वटा जनावर आतक, १६ भारी वर्षा भएको तथ्याङ्क छ । त्यस्तै बाढी १२, हुरी ११, अन्य गैरप्राकृतिक विपद् तीन, सर्पदंश तीन, हिमपहिरो तीन र एक पटक भूकम्प गएको तथ्याङ्क मन्त्रालयसँग छ ।’

 वाग्मती प्रदेश विपद्को दृष्टिकोणले बहुप्रकोपकारुपमा उच्च जोखिममा रहेको कार्कीले बताइन् । नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा सबैभन्दा बढी पहिरोका घटना भएको उनले जानकारी दिइन् ।

दश वर्षको तथ्याङ्क हेर्दा सोही अवधिमा एघार हजार आठ सय ५२ जनाको मृत्यु भएको छ । उक्त समयावधिमा भूकम्पमा परेर आठ हजार तीन सय ७०, आगलागीमा चार सय ६९, बाढीमा एक हजार एक सय २८ र पहिरोमा एक हजार आठ सय ८५ जनाको मृत्यु भएको अधिकृत कार्कीले जानकारी दिइन् ।

विपद्मा परेर एघार लाख ९९ हजार छ सय १६ मानिस प्रभावित बनेका छन् भने पाँच लाख चार हजार निजी घर क्षतिग्रस्त भएका तथ्याङ्कमा उल्लेख रहेको छ ।

दश वर्षको अवधिमा विपद्मा परेर प्रदेशमा रु सात खर्बको क्षति भएको कार्कीले बताइन् । उनका अनुसार भूकम्प, आगलागी, बाढी र पहिरोका कारण सात खर्ब ६५ अर्ब ७९ करोड ८८ लाख ४० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  ३ : ०४ बजे

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधमा

अवरुद्ध बेनी-जोमसोम सडक एकतर्फी सञ्चालनमा

मुस्ताङ- शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहितको पहिरो खसेर अवरुद्ध बनेको बेनी–जोमसोम

माउन्ट फुजीमा सात वर्षीय छोरालाई एक्लै छाडेपछि बुबाले मागे माफी

टोकियो- जापानमा एक बुबाले माउन्ट फुजी आरोहणका क्रममा आफ्ना सात वर्षीय

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत्

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय