मौसम पूर्वानुमानका लागि राखिएकाे राडार दुई वर्षदेखि बन्द « Khabarhub

मौसम पूर्वानुमानका लागि राखिएकाे राडार दुई वर्षदेखि बन्द


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार- विसं २०७६ मङ्सिर १७ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ को रातानाङ्लामा स्थापना भएको मौसमी राडार दुई वर्षदेखि बन्द छ । पश्चिमी क्षेत्रको मौसमसम्बन्धी पूर्वानुमान गर्न राखिएको उक्त राडार दुई वर्षदेखि कामविहीन भएको हो  ।

राडारमा समस्या भएर कामविहीन अवस्थामा बन्द भएको दुई वर्ष बितिसक्दा पनि मर्मत गरी सञ्चालनमा आउन सकेको छैन ।

बाह्र महिना हुनसक्ने विपद्बाट जोगाउन स्थापना गरिएको मौसम पूर्वानुमान गर्ने राडार आफैँ बिरामी भएपछि समस्या भएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् एवं जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाका प्रमुख निराजन सापकोटाले बताए ।

उनका अनुसार एक दिनको मौसम पूर्वानुमानसहितको तत्काल सूचना दिने यस्ता राडार नेपालमा तीन वटा मात्र छन् । ‘सुर्खेतको राडारले प्युठानदेखि पश्चिम क्षेत्रको पूर्वानुमान गर्दछ । अरु दुई वटा राडार पाल्पा र उदयपुरमा छन्’, उनले भने।

चट्याङ परेर राडारका केही उपकरण बिग्रनुका साथै जेनेरेटरमा पनि क्षति पुगेको थियो । विभागका वरिष्ठ मौसमविद् सापकोटाले सरकारले मर्मतका लागि न्यून बजेट दिएको भन्दै परामर्शदातासँग प्रस्ताव माग गर्न लागिएको बताए । उनका अनुसार स्थानीय स्तरमा हुने अन्य मर्मतको काम सुरु भएको छ ।

दुई वर्षअघि राडार बिग्रिए पनि मर्मतका लागि बजेट नभएकाले बन्द गर्नुपरेको वरिष्ठ मौसमविद् सापकोटाले बताए । अहिले मर्मत गर्ने तयारी थालिएको उनको भनाइ छ ।

विभागले आगामी भदौ अन्तिमसम्म राडार सञ्चालनमा ल्याउने गरी मर्मत गरिरहेको आयोजना प्रमुख सापकोटाले दाबी गरे । उनका अनुसार उक्त मौसमी राडार विश्व बैंकले करिब १८ करोड रुपैयाँको लागतमा निर्माण गरिदिएको हो । निर्माणको पाँच वर्षसम्म राडारले काम गरिरहेको थियो । पाँच वर्षभित्र बिग्रेमा निर्माण कम्पनीले बेहोर्नुपर्ने प्रावधान रहेकामा छैटौँ वर्षमा चट्याङ परेपछि बन्द भएको उनले बताए ।

बजेटको अभाव, मर्मतका लागि दक्ष जनशक्ति नहुनु, सुर्खेतको विद्युत् कम क्षमता (लो भोल्टेज), बेला बेलामा चट्याङ परिरहनु, इन्धन खर्च अभावलगायत कारणले बिग्रेको राडार समयमै मर्मत गर्न नसकिएको विभागले जनाएको छ ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  ५ : ३२ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको